Explore the Radio Palpa in shortly.

घर-दैलोमा दाहाल: चर्चा छ यस्तो

0

चितवन / १५ गते चितवन आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचनका लागि १६ गते उम्मेदवारी दर्ता गराए ।

त्यतिबेला उनले पाँच दिन जिल्लामै बिताए । २० गते काठमाडौं फर्किदासम्म उनी दर्जनौं कार्यक्रममा सहभागी भए ।

उनको चुनावी अभियानमा असर पार्ने आकलन गरिएको बाँदरमुढे घटनापीडितलाई भेट्ने योजना भने अधुरै रह्यो ।

दाहाल चार दिन नहुँदै फेरि बिहीबार चितवन फर्केर आफ्नो चुनाव क्षेत्रमा घरदैलोमा जुटेका छन् ।

अब उनी माडी जाने हुन् वा हैनन् र बाँदरमुढे घटनापीडितलाई भेट्छन् भेट्दैनन् भन्ने चर्चा फेरि सुरु भएको छ ।

साभार : रमेशकुमार पौडेल/ नागरिक दैनिक

Leave A Reply

Your email address will not be published.