Explore the Radio Palpa in shortly.

मंसिर २ र ९ गते मिस एण्ड मिसेस व्युटिफुल नेपालको अडिसन हुने

0

अर्थ नेपाल काठमाडौंं /दक्ष्य इन्टरटेनमेन्ट प्रालिले “मिस एण्ड मिसेस व्युटिफुल नेपाल” आयोजना गर्ने भएको छ । बिगत ३ बर्ष देखि लगातार प्रतियोगिता आयोजना गर्दै आएको दक्ष्य इन्टरटेनमेन्टले “मिस व्युटिफुल नेपाल २०१८ सिजन ३ र मिसेस व्युटिफुल नेपाल २०१८ सिजन २” को अडिसन गर्न लागेको हो ।
कम्पनिका प्रबन्ध निर्देशक टेकराज पाण्डेका अनुसार मंसिर २ र ९ गते होटल रानीमहल बानेश्वरमा उक्त प्रतियोगिताको अडिसन हुने भएको छ । प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनुको साथै चलचित्र, म्युजिक भिडियोमा अभिनय गर्न पाउने छन् ।
प्रतियोगीहरुलार्इ एक महिनासम्म नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ ।

Leave A Reply

Your email address will not be published.