Explore the Radio Palpa in shortly.

‘पर्यटनका लागि संगै’ भन्ने मुल नाराका साथ मिसेस नेपाल टुरिजम २०१७ हुँदै

0

अर्थ नेपाल काठमाडौं/स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको छ । ‘पर्यटनका लागि संगैं’ भन्ने मुल नाराका साथ विवाहित महिलाहरुलाई सामेल गर्दै उक्त सौन्दर्य प्रतियोगीता आयोजना गर्न लागीएको आयोजक संस्थाका अध्यक्ष पुजा निरौलाले जानकारी दिइन । उनका अनुसार नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस प्रतियोगिताका प्रतिस्पर्धीहरुले विभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने छन् । बाह्य र आन्तरिक पर्यटन प्रबद्धनका लागि महत्वपू्र्ण सहयोग मिल्ने आयोजक संस्थाको दावी छ ।
स्टार वन इन्टरटेनमेन्टले विभिन्न वर्ग र उमेर समूहका बिच सौन्दर्य तथा प्रतिभामूलक प्रतिस्पर्धा गर्दै आएको छ । यस क्रममा गृहिणी र विभिन्न पेशामा आबद्ध रहेका विबाहित महिलाहरुबिच मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको छ । विवाहित महिलाहरुको व्यक्तित्व विकास तथा उनीहरुलाई स्वाबलम्बी बनाउनका लागि समेत प्रतियोगिताले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरिन । कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगितामा राजधानीका विभिन्न क्षेत्रमा बसी व्यापार, व्यवसाय तथा विभिन्न पेशा गर्दै आएका महिलाले सहभागी हुन सक्नेछन् । आयोजक संस्थाका अनुसार आगामी मंसिर २ गते राजधानीमा हुने अडिसनबाट छनोट हुने प्रतियोगिहरुलाई नयाँ वानेश्वरस्थित होटल रानी महलमा एक महिनाभन्दा बढी समयसम्म दैनिकरुपमा विज्ञहरुद्धारा विभिन्न विषयको तालिम र कक्षा प्रदान गरिनेछ । प्रतियोगिहरुलाई व्यक्तित्व विकास, अन्तराष्ट्रिय मोडलिङ वर्कशप, गु्रमिङ, क्याटवक, श्रृंगार, जुम्बा, स्वीमिङ, हस्पीटालीटी मेनेजमेन्ट, फेशन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षण पश्चात प्रतियोगितामा उतारिने आयोजक संस्थाले जनाएका छ ।
प्रतियोगिहरुलाई अन्तराष्ट्रिय मञ्चमा सहभागीताको अवसरका साथ आयोजक संस्थाको ब्रान्ड एम्बेसडरसहित नेपाल र भारतको विज्ञापनमा अवसर, मोडलिङको अवसर, निःशुल्क आईइएल टीएस, टोफलजस्ता भाषा सिक्ने मौका पनि प्रदान गरिने छ । प्रतियोतिाअन्र्तगत अन्तिम स्पर्धा भने आगामी पुषको पहिलो साता जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ ।

 

थप जानकारीको लागि यहाँ क्लिक गर्नु होला ।

Leave A Reply

Your email address will not be published.