Explore the Radio Palpa in shortly.

नायिका प्रतिक्षा खड्काले जन्मदिनमा अपांङग बालबालिकालाई सहयोग गरिन

0


अर्थ नेपाल काठमाडौं/नव–नायिका प्रतिक्षा खड्काले आफ्नो जन्मदिन मनाएकी छिन् । समाजसेवा गर्न मन पर्ने बताउने प्रतिक्षाले अपांग बालबालिकाहरुलाई सहयोग गर्दै जन्मदिन मनाएकी हुन् ।
काठमाडौंको गोकर्णस्थित ‘संयुक्त अपांग एकता आवाज केन्द्र’मा चामल, चाऊचाऊ जस्ता अत्यावसेक खाद्यान्न सहयोग गरेकी हुन् । उक्त संस्थामा रहेको जम्मा ४२ अनाथ तथा अपांग बालबालिकाहरुसँग आफ्नो जन्मदिन मनाउन पाउदा निकै खुसी लागेको नायिका प्रतिक्षा बताउछिन् । ‘मलाई कुनै पनि सामाजिक कार्य गर्न एकदम मन पर्छ, त्यसैले पनि जन्मदिनको अवसरमा सहयोग गरेकी हुँ।’, यो भन्दाअघि पनि उनले बाढिपहिरोमा परेकाहरुलाई सहयोग गर्दै पनि आएकी थिइन् ।
धेरैले पार्टी समारोहमा गरेर आफ्नो जन्मदिन मनाउँछन् तपाईलाई त्यतातिर ध्यान गएन ? भन्ने हाम्रो प्रश्नमा नायिका प्रतिक्षा भन्छिन्, ‘साथीभाईसँग पार्टी गरेर, रमाइलो गरेर छिनभरका लागी रमाइलो हो तर मनको शान्ति यसरी नै सहयोग गर्न पाउँदा हुन्छ ।’ प्रतिक्षासँगै उनकी आमा पुर्ण कुमारी खड्का पनि उपस्थित थिइन् ।
‘संयुक्त अपांग एकता आवाज केन्द’ का अध्यक्ष तिल बहादुर कार्कीले पनि आफ्नो सामाजिक संस्थामा यसरी नै थुप्रै सहयोगी मनहरु आइरहने जानकारी दिए । बिभिन्न कलाकार तथा समाजसेवीहरुको सानो–सानो सहयोगले पनि कसैको जीवनमा ठुलो सहयोग हुने उनी बताउछन् । ‘पछिल्लो समय धेरे कलाकारहरु आफ्नो जन्मदिनको दिन, त्यसैगरी अन्य बेलामा पनि केहि न केहि सहयोग गर्न आउनुहुन्छ । अनाथ अपांग बालबालिकाहरुसँग केहिबेर बसेर जानुहुन्छ त्यो नै ठुलो कुरा हो हाम्रो लागी ।’, अध्यक्ष कार्कीले भने ।

Leave A Reply

Your email address will not be published.