Explore the Radio Palpa in shortly.

तेश्रो काठमाण्डू सर्ट फिल्म फेस्टा २०१७ आयोजना हुने

0

 


अर्थ नेपाल काठमाडौं/ पछिल्लो समय नेपालमा छोटा चलचित्रको निर्माण क्रम फस्टाएको छ । चलचित्र अध्ययन सम्बन्धी थुप्रै इन्ष्टिच्युट, कलेजको सञ्चालनले पनि छोटा चलचित्र निर्माण गर्ने क्रम बढेको हो । यस्ता चलचित्रले उचित स्थान पाउन सकोस भनेर छायाँछबि क्रियसनले पहिलो पटक काठमाडौं सर्ट फिल्म फेस्टा–२०१३ तथा काठमाडौं सर्ट फिल्म फेस्टा–२०१५ आयोजना गरेको थियो । सर्ट फिल्मको निर्माण विस्तारै फराकिलो बन्दै गइरहेको तर यसको बजार नहुनुले सर्ट फिल्म निर्माण गरेर पनि सम्बन्धित फिल्म मेकरहरु निराश भइरहेको हामिले पाएका छौं । यसै अवस्थामा फेस्टाको निरन्तरता दिंदै यस्ता सर्ट फिल्म मेकरहरुलाई प्रोत्साहित गर्न सकियोस र राम्राभन्दा राम्रा सर्ट फिल्म निर्माण हुन् तथा यसको बजारको लागि सम्बन्धित क्षेत्रले चासो देओस् भन्नका लागि पनि पुनः तेस्रो काठमाडौं सर्ट फिल्म फेष्टा — ०१७ आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
नेपाली चलचित्रको बैकल्पिक बजारको रुपमा छोटा चलचित्रहरु पनि स्थापित हुन सक्छन् भन्ने विश्वास एकातिर गर्न थालिएको छ भने नेपाली चलचित्रकर्मीले निर्माण एवम् निर्देशन गरेका सर्ट फिल्महरु अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कृत हुन थालेका पनि प्रशस्तै उदाहरण छन्् । यस्ता चलचित्रले सुरुमा आफ्नै मुलुकमा सम्मान र स्थान पाउनु पर्छ भन्ने उद्देश्यले पनि ‘सर्ट फिल्म फेस्टा’ आयोजना गरिरहेका हौं । फेष्टा पौषको अन्त्यमामा आयोजना गरिने छ भने उक्त महोत्सबमा छोटा चलचित्र प्रदर्शनका साथै चलचित्र सम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रम पनि आयोजना गरिने छ । यो फेस्टामा बृत्तचित्र, चलचित्र, कार्टुन÷एनिमेशन चलचित्रले भाग लिन पाउने छन् । सम्बन्धित चलचित्रको लम्बाई भने ३ मिनट देखि ४५ मिनट भित्रको हुनु पर्ने छ । फेस्टामा सहभागी हुनका लागि छायाँछबि क्रियशनको कार्यालय डिल्लीबजारमा मंसीर १५ सम्म लघू चलचित्र दर्ता गर्नु पर्ने प्रावधान राखिएको छ । जुनसुकै बिधा र शैलीका चलचित्रले पनि फेस्टामा भाग लिन पाउने छन् । काठमाडौं सर्ट फिल्म फेस्टा–२०१७ मा सहभागी सर्ट फिल्मले प्रथम, द्वितीय, तृतीय पुरस्कार प्राप्त गर्ने छन् । यस्तै ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’, इनकरेजमेन्ट अवार्ड र ‘पब्लिक च्वाईस अवार्ड’ सहीत केहि विधामा नगद सहित अवार्ड प्रदान गरिने छ ।

 

Leave A Reply

Your email address will not be published.