Explore the Radio Palpa in shortly.

भारतमा होन्डाले सस्तो विद्युतीय कार ल्याउने

0

नयाँ दिल्ली (एजेन्सी )/ जापानी अटो निर्माता कम्पनी होन्डाले भारतीय बजारमा सस्तो विद्युतीय सवारी (ई–कार) ल्याउने भएको छ । विद्युतीय सवारी उत्पादनका लागि सहकार्य गर्ने मारुती, सुजुकी र टोयोटाको घोषणापछि होन्डा पनि ई–कार बनाउने दौडमा होमिएको हो ।

यस रणनीतिअनुरूप होन्डाको भारतीय सहायक कम्पनी होन्डा कार इण्डिया लिमिटेड (एचसीआईएल)ले भारतीय ट्राफिक अवस्थामा मिल्ने र सस्तो खालको ब्याट्रीबाट चल्ने विद्युतीय सवारी निर्माण गर्नेबारे योजना बनाइरहेको छ । विद्युतबाट चल्ने सवारीका लागि धेरै पूर्वाधार विकास चाहिने र विविध रेञ्जका ब्याट्रीको उपलब्धता, सुपथ मूल्य तथा उपभोक्ताको रुचिजस्ता अन्य चुनौतीहरूलाई जित्नु पर्ने एचसीआईएलका सीईओ योइचिरो युनोले बताए । कम्पनीले भारतीय ग्राहक र सडकको अवस्था सुहाउँदा विद्युतीय सवारीको ब्याट्री मोडल बनाउने योजना पनि बनाएको युनोले बताए ।

पछिल्लो समय राजधानीलगायत स्थानमा उच्च वायुप्रदूषण नियन्त्रण गर्न सन् २०३० सम्ममा भारतीय सडकमा शतप्रतिशत विद्युतीय सवारी गुडाउने भारत सरकारको योजना छ । कम्पनीले भारतीय बजारमा मात्र नभई विश्व बजारमै विद्युतीय सवारीको विकासलाई बलियो बनाइरहेको छ ।

 

Leave A Reply

Your email address will not be published.