Explore the Radio Palpa in shortly.

नुवाकोटको पारच्याङमा गाडी पुगेपछि स्थानीय दंग

0
नमुना फोटो

अर्थ नेपाल संवाददाता
नुवाकोट /नुवाकोटको नौकुण्ड गाउँपालिकाको केन्द्र सरमथलीको पारच्याङसम्म यातायात पुगेको छ । विहिबार गाउँमा पहिलो पटक पुगेको गाडी (जिप) देखेर स्थानीय वृद्धवृद्धा दंग परेका थिए ।
रसुवाको उत्तरगया गाउँपालिकाको बोगटीटारदेखि भोर्ले हँुदै नौकुण्ड गाउँपालिकाको केन्द्र सरमथलीको पारच्याङसम्म सडक विस्तार भएको छ ।
सांसद् विकास कोषको रु २० लाख र नौकुण्ड गाउँपालिकाको रु २० लाख गरी रु ४० लाखको लगानीमा सडक विस्तार भएको छ । पारच्याङसम्म गाडी सञ्चालनमा आएपछि स्थानीयवासीले गाउँमा उब्जनी भएका कृषि सामग्रीलाई बजार पु¥याउन, बजारबाट खाद्य सामग्री गाउँ भित्र्याउन र आवास निर्माणका लागि निर्माणजन्य सामग्रीको ढुवानी गर्न सहजता भएको स्थानीयले बताए ।

 

Leave A Reply

Your email address will not be published.