Explore the Radio Palpa in shortly.

मेयर नै चुनावी घरदैलाेमा हाेमिए पछि…

0

 

१५ मंसीर, सिमरा। कपुरबाेट डेक्स

स्थानिय तहकाे निर्वाचनमा झै आफु प्रतिस्पर्धी भए सरी जितपुरसिमराका उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पाैडेल चुनावी घरदैलाे र सभामा हाेमिएका छन् । शुक्रवार उनी दिनभर उनकाे प्रभाव क्षेत्र मानिने डुमरवाना, पाेता, फत्तेपुर, अम्बाडार लगायतका स्थानमा बामगठबन्धनका उम्मेदवारसंग भेटिए । शुक्रवार सार्वजनिक बिदाकाे दिन परे पनि कार्यलय समयमा समेत उनी चुनावी कार्यक्रममा व्यस्त भएकाे देखिन्छन् ।

9323A67D-3C50-4619-89F6-8A1848D57555
बाम उम्मेदवारलाई भाेट माग्दै हिडेका मेयर डा. कृष्ण पाैडेल ।

मेयरकाे सपथ लिदाँ कसैसंग पुर्वाग्रह नराखी, पक्षपात नगरी सन्तुलन रुपमा जिम्मेवार भएर काम गर्छु भनेका नगर प्रमुख दल बिषेशकाे प्रचार गरी अरुलाई भाषण मार्फत टिप्पणी गर्दै हिडेकाे विवेकशील साझा पार्टी बाराका सन्ताेष श्रेष्ठ आराेप लगाए। मेयर पद सरकारकाे तलब सुबिधा लिएर सबै जनताकाे लागी काम गर्ने जिम्मेवार पद रहेकाे उनकाे तर्क छ। डा. कृष्ण पाैडेल आफुहरुकाे पनि मेयर भएकाे उल्लेख गर्दै श्रेष्ठले यस्तै गतिविधीले उनी प्रति बिकासकाे भराेसा मर्दै गएकाे दुखेसाे गरे ।

Leave A Reply

Your email address will not be published.