Explore the Radio Palpa in shortly.

क्षेत्र नम्बर ४ मा ५० प्रतिशत भन्दा बढि मतदान

0

२१ मंसिर, सिमरा । कपुरबोट डेस्क

जितपुर सिमरा उपमहानगरपालीका वडा नम्बर १२ नेरामावि फत्तेपुर केन्द्रमा रहेको क र ख मा गरि करिब ६२ प्रतिशत मत संकलन भैसकेको छ । दिउसो २ बजेर ३० मिनेट जादा सम्म १९ सय मतदाता मध्य ७ सय ७८ पुरुष र ६ सय ६९ महिला गरि १२ सय ४७ जनाले मत खसालिसकेका छन् । यस मतदान केन्द्रबाट ९३ बर्षिय कमल सहनिले समेत मतदान गर्नुभएको छ ।

जितपुरसिमरा उपमहानगरपालीका २ स्थित नेरामावि सिमरा मतदान केन्द्र क करिब ५० प्रतिशत मत खसेको छ । ७ सय ५६ मतदाता रहेको यस केन्द्रमा १ सय ७९ महिला सहित ३ सय ७५ मत खसेको हो । बिहानको खाना पछि मतदाताको संख्या उल्लेख्य थपिएको मतदान अधिकृत बाबुराम भण्डारीले जानकारी दिनुभयो ।

ख मापनि करिब ५१ प्रतिशत मतदान सम्पन्न भएको छ । ७ सय ४० मतदाता रहेको ख मतदान केन्द्रमा ३ सय १८ महिला र १ सय ६६ पुरुष गरि ३ सय ८४ जनाले मतदान गरेका छन् । बिहान अलि पातलो रहेको मतदातासंगको संख्या अहिले बाक्लिदै गएको र ख मतदान केन्द्रमा अधिकांश महिला मतदाताको उपस्थिति देखीएको छ ।

शान्तिपुर्ण माहोलमा मतदान भैरहेको ख का अधिकृत भैरवप्रसाद घिमिरेले जानकारी दिनुभयो । मतदाताहरुको संख्या बुथमा निकै कम भैसकेकाले बाकि मतदाताहरुलाई समते समयमै मतदान केन्द्र आएरमतदान गर्न अधिकृत घिमिरेले आगं्रह गर्नुभयो ।

१ हजार ३६ मतदाता रहेको सिमरा हेल्थपोष्ट सिमरास्थित क बुथमा ४७ प्रतिशत अर्थात ४ सय ९० मत खसेको छ । यस्तै ख बुथमा पनि १०३६ मतदाता रहेको ४ सय ५० मत खसेको छ । भने यता ग बुथमा १ हजार ३६ मतदाता रहेकोमा २ सय ७१ म्हिलार २ सय ४५ पुरुषगरि ५ सय १६ जनालेमतदान गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.