Explore the Radio Palpa in shortly.

एकै बर्षमा बाराबाट झण्डै ७ हजार युवा बाहिरिए

0

१६ मंसीर, सिमरा । सुप्रिया ढकाल

बाराबाट बर्षेनी ६ हजार बढीको संख्यामा युवाहरु बैदेशिक रोजगारीमा जाने गरेका छन् । राजनैतिक अस्थीरता, बेरोजगारी र महँगीका कारण युवाहरु बिदेशिने गरेका हुन् । पारिवारिक जिम्मेवारी निर्वाहका लागी बैदेशिक रोजगार नै उनीहरुको गन्तब्य बन्ने गरेको छ । जिल्लाको करिब ८० प्रतिशत भु–भाग खेती योग्य छन् । तर अघिकांश जमिनमा बाँझोपना छ ।

कृषि कर्मका लागी पर्याप्त जनशक्ती नहुनु पनि यसको मुख्य कारण हो । दिनप्रति दिन युवाहरुको बिदेश मोहले जिल्लाको कृषि क्षेत्र नै धरासयी बन्दै गएको छ । स्थानिय तहमै पर्याप्त रोजगारी नहुदा युवाहरुमा देशप्रति बितृष्णा पैदा भएको पाईन्छ । व्यापार ब्यवसाय बढि खर्चालु हुने गर्छ । विदेश जानकै लागि मात्रै गत आर्थिक बर्ष २०७३÷७४ मा जिल्ला प्रशासन कार्यालय बाराबाट ६ हजार ३ सय ६९ जनाले राहदानी लिईसकेका छन् ।

यस्तै चालु आबको कार्तिक महिना सम्म झण्डै दुईहजार जनाले राहदानी लिईसकेको जिल्ला प्रशासन कार्यालय बाराका राहदानी फाँटका नायब सुब्बा विकास कुमार रंजनले जनाए । २०६६ सालबाट जिल्लाबाटै मेशिन रिडेबल पास्पोर्ट वितरण सुरु गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा संकलित राहदानी आवेदन फारम परराष्ट मन्त्रालय अन्तगर्तको राहदानी विभाग पठाउने गरिन्छ । जिल्लाबाट औषतमा दैनिक ४० जनाले राहदानीका लागि आदेवन दिने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.