Explore the Radio Palpa in shortly.

आज राती १२ बजे अघि नै गन्तब्य पुग्नुस्ः प्रजिअ मानान्धर

0

२० मंसिर, सिमरा । कपुरबोट डेस्क
दोश्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुने जिल्लाहरूमा आज मध्यरातिबाट सवारी साधन सञ्चालनमा रोक लगाइने हुदा १२ बजेअघि नै गन्तब्यमा पुग्न सुरक्षा निकायद्धारा आग्रह गरिएको छ ।

भोली बिहान ७ बजे मतदान सुरु हुने भएपनि आज मध्यरातिदेखि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउनेछन् ।

आज मध्य रातीदेखि निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने गृह मन्त्रालयको आदेश रहेको जिल्ला प्रशासन कार्र्यालय बाराका प्रमुख बिजयकुमार मानान्धरले बताए ।

यद्धपि आयोगबाट पास लिएका र अत्यावश्यक सेवाका साधन भने चल्न दिइने मन्त्रालयले जनाएको छ ।

भोली साँझ मतदानपछि पनि मतपेटिका सुरक्षित रूपमा केन्द्रमा पु¥याउने सहितका काम बाँकी रहने हुँदा बिहिबार (भोली) साँझ ७ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.