Explore the Radio Palpa in shortly.

रामपुर विद्युत व्यवसाय समितिको अध्यक्षमा रेशमराज भट्टराई

0

पाल्पा (रामपुर) रेशम राज भट्टराईको अध्यक्षतामा ११ सदस्य रामपुर विद्युत व्यवसाय समिति गठन भएको छ । आईतबार सम्पन्न समितिको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाले भट्टराईको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा जेदुनाथ पौडेल अर्जुन, सचिवमा गिरिराज पोखरेल, कोषध्यक्षमा महेन्द्रराज आचार्य र सदस्यहरुमा विमल पोखरेल, विष्णु श्रेष्ठ, रेशमलाल श्रेष्ठ, हरिश्चन्द्र पंगेनी, दिपक अधिकारी, युवराज पंगेनी र झविलाल सिंजाली रहनु भएको छ । रामपुर ८ भुजातमा भएको अधिवेशन रामपुर विद्युत व्यवसाय समितिका अध्यक्ष रेशमराज भट्टराईको अध्यक्षता र रामपुर उद्योग वाणिज्य संघका सदस्य एवं रामपुर विद्युत व्यवसाय समितिका सल्लाहाकार अशोक श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठ, पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बोल्दै नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा रामपुर विद्युत व्यवसाय समितिका अध्यक्ष रेशमराज भट्टराईले वार्षिक प्रतिवेदन र कोषध्यक्ष महेन्द्र आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । रामपुर विद्युत व्यवसायि समितिका सदस्य रेशम श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिका महासचिव एवं रामपुर विद्युत व्यवसाय समितिका सल्लाहाकार निलकण्ठ भण्डारीले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.