Explore the Radio Palpa in shortly.

बारामा शर्वदलिय बैठक जारी

0

 

२२ मंसिर, सिमरा । कपुरबोट डेस्क
बिहिबार सम्पन्न मतदानको परिणाम सुन्न जनता आतुर भएपनि अहिलेसम्म बारामा शर्वदलीय बैठक बसिरहेको छ ।

सदरमुकाम कलैयास्थित रामराजा बहुमुखी क्याम्पस परिषरमा बिहान करिब १०ः३० बजेबाट बैठक सुरु भएको छ । बैठक अझै करिब १ देखी डेढ घण्टा लम्बिने क्षेत्र नम्बर ४ निर्वाचन कार्यालयका सुचना अधिकारी जनक नेपालले जानकारी दिए । बैठकको ठोस निर्णय ननिस्किएकाले करिब १ बजेबाट मात्रै मतगणना सुरु हुने अनुमान गरिएको छ । मतगणनालाई निश्पक्ष र धांधलीरहित बनाउन तारजाली लगाएर गणनाको तैयारी गरिएको छ ।

साथै मतगणना कक्षमा सिसिटिभि क्यामराको समेत ब्यवस्था गरिएको छ । यसअघि बिहिबार नै मतदान पछि शर्वदलिय बैठक बसेर मतगणना सुरु गर्ने भनिएपनि प्राविधिक तैयारीका कारण आज १० बजे शर्वदलिय बैठक बोलाईएको थियो ।

Leave A Reply

Your email address will not be published.