Explore the Radio Palpa in shortly.

कलैया अस्पताललाई सेभ दि चिल्ड्रेनको २ थान सोलार

0

 

९ पुष, सिमरा । कपुरबोट डेस्क

बाराको कलैयास्थित जिल्ला अस्पतालमा आज सेभ दि चिलड्रेनले आवश्यक सामाग्री सहित सोलार प्रदान गरेको छ ।

शनिबार (हिजो) २ थान सोलार, १ थान ईनभटर, ४ थान वैट्री अस्पताल बिकास समितिका अध्यक्ष सचिन्द्र कुमार ठाकुरलाई हस्तान्तरण गरिएको हो । शनिबार नै आईएमसिटि पावर सिस्टमका बरिष्ठ प्राबिधिक पुर्ण मर्जहनले अस्पतालको प्रयोशाला र एक्सरे कक्षमा सोलार सिस्टम जडान गरेका छन् ।

अस्पताल जस्तो संबेदनशिल क्षेत्रलाई सोलार दिएकोमा अस्पताल ब्यवस्थान समितिका अध्यक्ष ठाकुरले सेभ द चिलड्रेनका प्रतिनिधिलाई धन्यवाद दिए ।

यसअघि कलैया उप–महानगरपालिकाले पनि अस्पताललाई पोल सहित २ थान सोलार प्रदान गरेको थियो । अस्पताल बाहिर सोलार जडान भएपछि रातीमा बिरामि तथा कुरुवालाई आवतजावत गर्न सहज बनेको अध्यक्ष ठाकुरले बताए ।

 

Leave A Reply

Your email address will not be published.