Explore the Radio Palpa in shortly.

अन्धकारमुक्तिको २० औं वार्षिक साधारण सभा सम्पन्न

0

असोज २०
पाल्पा (रामपुर) जेष्ठ शेयर सदस्यलाई मासिक ५ सय रुपैयाँको दरले पेन्सन प्रदान गर्दै आएको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरले थप ९ जना जेष्ठ सदस्यलाई पेन्सन बुक हस्तान्तरण गरेको छ ।
सदस्य राहत कार्यक्रम अन्तर्गत २०७२ साल देखि ७० वर्ष भन्दा माथिका जेष्ठ सदस्यलाई पेन्सन दिदै आएको संस्थाले २० औं वार्षिक साधारण सभाको अवसरमा पेन्सन बुक सहित साउन र असार महिनाको पेन्सन हस्तान्तरण गरेको हो । गत वर्ष सम्म ५३ जना जेष्ठ शेयर सदस्यलाई पेन्सन प्रदान गर्दै आएको सहकारीमा यस संगै पेन्सन बुझ्ने नागरिकको संख्या ६२ पुगेको सहकारीका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले बताउनुभयो । गत वर्ष सहकारीले ४ लाख २ हजार ३ सय २२ रुपैयाँ बराबरको रकम वितरण गरेको थियो ।
जेष्ठ सदस्यहरुलाई पेन्सन बुक हस्तान्तरण गर्दै प्रदेश नं. ५ का प्रदेश सांसद युवराज खनालले सहकारीले आर्थिक रुपान्तरण संगै समाजिक विकासमा खेल्दै आएको भुमिकाको प्रशंसा गर्नुभयो । उहाँले देशमा राजनैतिक आन्दोलन धेरै अघि बढी सकेको बताउँदै अब मुलुकको समृद्धिको लागि अघि बढ्ने बेला आएको बताउनुभयो । उहाँले जनताको एक एक रुपैयाँ संकलन बाट स्थापना भएको सहकारी संञ्चालनमा सहजता ल्याउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै आफुले पनि त्यसमा लागि पर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगरपालिकाले वित्तिय संस्था संग समन्वय गरी स्वरोजगारका कार्यक्रम संञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले सहकारीमा पुँजी संकलन हुनु भन्दा पनि सदस्यहरुले कति फाईदा लिए भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा रामपुरका अध्यक्ष राजेन्द्र प्रसाद लम्साल, नेपाली कांग्रेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराई, रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, जिल्ला सहकारी संघका सदस्य सुर्य प्रसाद रेग्मी, बचत तथा ऋण सहकारी संघका प्रतिनिधि नगिलाल पौडेल, रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठ, शेयर सदस्य विष्णु ठाडा, विष्णु प्रसाद रेग्मीले सहकारी र वित्तिय संस्थाको संख्या थपिदै जाँदा शेयर सदस्यको अवस्था नाजुक बन्दै गएको भन्दै त्यसको न्यूनिकरणको लागि कृषि जस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्नु आवश्यक रहेको बताएका थिए । बजारमा एउटै घरमा खुलेको ३÷४ वटा खुलेको सहकारीलाई मध्यनजर गर्दै सरकारले कर थोपर्दा गाउँ सहित दुर दराजका सहकारी मारमा परेको उल्लेख गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष तिर्थ प्रसाद पंगेनीले संस्थाको वार्षिक प्रतिवेदन सहित आगामी योजनाको बारेमा बताउँदै यस वर्ष संस्थाले ६८ करोड, २६ लाख ९० हजार ८ सय ३९ रुपैयाँ ८९ पैसा बराबरको कारोबार गरेको उल्लेख गर्नु भएके थियो । संस्थाका अध्यक्ष पंगेनीको अध्यक्षतमा भएको साधारण सभा आधारभूत प्राविधिक मावि रामपुर ७ मा सम्पन्न भएको हो । संस्थाका उपाध्यक्ष सागर प्रसाद देवकोटाको स्वागत बाट सुरु भएको कार्यक्रममा धन्यवाद सदस्य देवेन्द्र प्रसाद पोखरेलले ज्ञापन गर्नु भएको थियो । संञ्चालन सचिव विष्णु प्रसाद लम्सालले गर्नु भएको हो । निस्दी, पूर्वखोला, रम्भा गाउँपालिका र रामपुर नगरपालिकाका गरी ९ हजार ३ सय ४७ शेयर सदस्य रहेको सहकारीले यस वर्ष २ करोड ६ लाख भन्दा बढी नाफा कमाउन सफल भएको थियो । कार्यक्रममा ट्याङ्गा लाफाकुङ मगर रेन्जा क्लवको रमाईला सांस्कृतिक प्रस्तुति पनि रहेको थियो ।

Leave A Reply

Your email address will not be published.