Explore the Radio Palpa in shortly.

रामपुर कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मधुसुदन भट्टराई

0
इमान सिं राना
पाल्पा (रामपुर) रामपुर क्षेत्रमा कार्यरत कर्मचारीहरुको छातासंगठन रामपुर कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मधुसुदन भट्टराई सर्वसहमतिमा चयन हुनु भएको छ ।
शनिबार बेझाँडमा सम्पन्न केन्द्रको प्रथम साधारण सभा तथा अधिवेशनले एक वर्षको लागि भट्टराईको अध्यक्षतमा ११ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्ष सिंहलाल सुनार, सचिवमा रामप्रसाद कोईराला, कोषाध्यक्षमा रामप्रसाद ढकाल, सहसचिवमा दिपेन्द्र पन्थी राना, सदस्यहरुमा मदन पराजुली, दिपक कुमार राना, सुभाष अधिकारी, हिरा विक, मोम्मद सरिफ मुसलमान र शान्ति पाठकलाई सर्वसम्मत रुपमा छनौट गरेको छ ।
रामपुर नगरपालिकाको सभाहलमा साधारण सभा तथा अधिवेशनको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कर्मचारी बिना देश अगाडी बढ्न नसक्ने बताउनुभएको थियो । उहाँले अनुभब लिएका कर्मचारीले नै परि पु¥याएर काम गर्ने हुन् थापाले भन्नुभयो–“अनुभव कम जनप्रतिनिधि र कर्मचारी मिलेर गएमात्र विकासको गति संभव छ ।” नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानराज कोइरालाले सेवा निबृत पुर्व कर्मचारीको अनुभव राख्ने थलो र अहिले सेवा प्रवाहलाई पहिलो नम्बरमा राखेर कर्मचारी मिलन केन्द्रले काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपसचिवबाट सेवा निबृत रामपुरका दान बहादुर मल्लले ३५ बर्षे सेवाकालिन योगदानका अनुभव सुनाउदै कर्मचारी मिलन केन्द्रले देशलाई गुन लगाउदै नुन खाएका पुर्व कर्मचारीलाई गरेको सम्मानले धेरै खुसी लागेको बताउनुभयो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुहुदै रामपुर कर्मचारी मिलन केन्द्रका निवर्तमान कार्यबाहक अध्यक्ष बिष्णुहरि घिमिरेले गत माघमा जुटेर केन्द्रको स्थापना गरेको कर्मचारी मिलन केन्द्रले छोटो समयमा राम्रा कामको अनुभव बटुलेको बताउनुभयो । मिलन केन्द्रका कोषाध्यक्ष कोषाध्यक्ष चेमन प्रकाश पोखरेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । रामपुर कर्मचारी मिलन केन्द्रका कार्यवाहक अध्यक्ष बिष्णुहरि घिमिरेको अध्यक्षतामा चलेको कार्यक्रममा स्वागत केन्द्रका सदस्य घनश्याम अर्याल र सञ्चालन सदस्य रमेश ढकालले गर्नुभएको हो ।
नगरका कर्मचारीको एकताका लागि जिल्ला प्रशासन कार्यालयमा फागुन ९ गते दर्ता भएको संस्थामा हाल १ सय ४० जना सेवा निबृत्त तथा हालका कर्मचारी रहेको छ ।

Leave A Reply

Your email address will not be published.