Explore the Radio Palpa in shortly.

चाड पर्व आए संगै रामपुरमा बजार अनुगमन सुरु

0

असोज २२
पाल्पा (रामपु्र) चाडपर्वलाई मध्यनजर गर्दै रामपुर नगरपालिकाले नगर भित्रका बजार अनुगमन गर्न थालेको छ । चाडको बेलामा अखाद्य वस्तुको प्रयोग हुन सक्ने भन्दै नगरपालिकाले अनुगमन सुरु गरेको हो । नगरपालिका स्तरिय अनुगमन समितिले रामपुर नगरपालिका वडा नं. ६ को विजयपुर बजार र वडा नं. ७ को किसानबारी बजारमा अनुगमन गरेको थियो ।
अनुगमन टोलीले २ वटा बजारका १४ वटा पसलको अनुगमन गरेको थियो । टोलीले अनुगमनका क्रमा व्यवसाय दर्ता, नविकरण गरेनगरेको, राजस्व तिरे नतिरेको र म्याद गुज्रेको अखाद्य बस्तु लगाएतको अनुगमन तथा निरिक्षण गरेको थियो । अनुगमनको क्रममा २ वटा पसललाई दर्ता नगरी व्यवसाय संञ्चालन गरेको भन्दै दर्ता गरेर मात्र खोल्न निर्देशन दिएको छ । त्यस्तै अनुगमनको क्रममा टोलीले म्याद गुज्रेका ९ थान सोफी, सालु दादा १९ क्वाटर, एलिड कर्नफ्लर ५ प्याकेट, पकौडा पिठो १४ प्याकेट, जुस १९ थान, क्याम्पाकोला १३ पिस, अवैध मदिरा ३० लिटर, चिजबल २८ प्याकेट, सुपर ब्राउण्ड ४ बट्टा, मालाथियन २ बट्टा, मसला ४० प्याकेट गरी विभिन्न अखाद्य वस्तु बरामद गरेको थियो । म्याद नाघेका अखाद्य वस्तु नगरपालिका परिसरमा नष्ट गरेको थियो ।
अनुगमन समितिका संयोजक एवं उपप्रमुख विष्णु देवि घिमिरे आचार्यको संयोजकत्वमा गएको अनुगमन टोलीमा ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख मधुसुदन भट्टराई, रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराई, ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेय, रामपुर नगरपालिका कृषि शाखाका प्रमुख रामहरी पाण्डे, पशु शाखाका प्रमुख मोहन भट्टराई, स्वास्थ्य शाखाका संयोजक तिर्थ प्रसाद ढुङ्गाना, रामपुर अस्पतालका फार्मेसी निरिक्षक रामप्रसाद कोइराला सहित प्रहरी, पत्रकार लगाएत सरोकारवालाहरुको सहभागीता रहेको थियो । अनुगमन समितिले नगरका अन्य स्थानका बजारहरु पनि बजार अनुगमनलाई जारी राख्ने बताएको छ ।

Leave A Reply

Your email address will not be published.