Explore the Radio Palpa in shortly.

चलचित्र जाने मन प्रदर्शनको तयारीमा

0

अर्थ नेपाल संवाददाता
काठमाडौं /चलचित्र जाने मन छायाँकन र डबिङ सकाएर यतिवेला प्रदर्शनको तयारीमा लागेको छ । ‘हामीले चलचित्र सिनेमाघरमा ल्याउनका लागि सम्पूर्ण तयारी गरीसकेका छौ, अब छिट्टै नै सिनेमाघरमा आउने मिति सार्वजनिक गर्ने छौ’, चलचित्रका कार्यकारी निर्माता छवि भण्डारीले भने ।
कृष्टि कौशल मल्ल निर्माता रहेको यो चलचित्र बुटवल, भैरहवा, पाल्पा र राजधानीका विभिन्न स्थानमा छायाँकन भएको थियो । चलचित्रमा केदार मल्ल, मनोज श्रेष्ठ, छवी भण्डारी, सुरुची लामिछाने, जस्मिन माझी, दिपु मगर, खेम खत्री, अवधेश राज अहिरलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रका गीतलाई शंकर अधिकारी शब्द छ भने केदार मल्लको संगीत रहेको छ । दिलिप के कुमारको छायाँकन, श्रीश्रेष्ठको एक्सन रहेको यो चलचित्रको कथा छबी भण्डारीको हो भने निर्देशन विवेक थापाले गरेका छन् ।

Leave A Reply

Your email address will not be published.