Explore the Radio Palpa in shortly.

बुढानिलकण्ठका विद्यार्थी द्वारा विद्यालयलाई सोलार प्रदान

0

पाल्पा (रामपुर) बुढानिलकण्ठ स्कुल काठमाडौका विद्यार्थीहरुले पाल्पाको एक विद्यालयलाई सोलार सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बुढानिलकण्ठ स्कुल स्टुडेण्ट स्टार क्लव मार्फत विद्यार्थीहरुले बुद्धि विकास प्रा.वि. निस्दी १ डमरालाई सामाग्री हस्तान्तरण गरेको हो ।
देशका ग्रामीण भेगका विद्यालयहरुमा सहयोग गर्दै आएको क्लवले विद्यालयलाई एक हजार वाटको सोलार, ३ थान ल्यापटप, भलिबल, फुटबल, व्याटमिण्ट लगाएका खेलसामग्री सहित विभिन्न लेखकका पुस्तक तथा स्टेशनरी सामान प्रदान गरेको थियो । क्लवका पदाधिकारीहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद काकीलाई एक कार्यक्रम गरी सामाग्री दिएको हो ।
कार्यक्रममा बोल्दै निस्दी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पुर्ण बहादुर खाँणले क्लवले ग्रामिण बस्तीमा आएर गरेको कार्यक्रमको प्रशंसा गर्दै सेवाको भावलाई सबैले अंगिकार गर्नु आवश्यक रहेको बताए । बुढानिलकण्ठ स्कुल स्टुडेण्ट स्टार क्लवका अध्यक्ष अमृत कुमार पण्डितले देशका विभिन्न ग्रामीण विद्यालयहरुमा सहयोग प्रदान गर्दै आएको र त्यसै अनुसार बुद्धि विकास प्राविमा सामग्री हस्तान्तरण गरिएको बताए । उनले आगामी दिनमा थप सहयो गर्ने बताए ।
त्यस्तै बुढानिलकण्ठ स्कुल स्टुडेण्ट स्टार क्लवका संयोजक एवं बुढानिलकण्ठ स्कुलका शिक्षक कृष्ण प्रसाद कोइरालाले बुढालिकण्ठ स्कुलको बारेमा बताउँदै विद्यालयका सरोकारवाला निककायहरु विचको समन्वय बाट नै विद्यालयको गुणस्तर सुधार हुने बताए । कार्यक्रममा राधाकृष्ण माध्यमिक विद्यालयका शिक्षक भेष बहादुर अधिकारीले विद्यार्थीहरुलाई धन्यवाद दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद कार्कीको अध्यक्षतमा भएको कार्यक्रममा शिक्षक सुनिता अधिकारीको स्वागत र प्रधानाध्यापक चिन्तामणी पाण्डेको संञ्चालनमा भएको हो । बुढानिलकण्ठ स्कुल स्टुडेण्ट स्टार क्लवलाई विद्यालयले मायाँको चिनो र सम्मान पत्र हस्तान्तरण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.