Explore the Radio Palpa in shortly.

नेप्लीज विमन्स क्लबको तानसेनमा परिचयात्मक कार्यक्रम सम्पन्न

0

पाल्पा,
नेप्लीज विमन्स क्लबले तानसेनमा परिचयात्मक कार्यक्रम गरेको छ । विश्व भरी छरिएर रहेका महिलाहरुलाई समेट्दै सिमान्तकृत पिछडिएका नेपाली महिलाहरुलाई सशक्तीकरणको माध्यमबाट समृद्ध समाज निर्माणको परिकल्पना सहित स्थापना गरेको क्लवले सरोकारवालाहरु संग परिचयात्मक कार्यक्रम गरेको हो ।
परिचयात्मक कार्यक्रमको उट्घाटन गर्र्दै तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले नेपाली महिलाहरूलाई एकतामा ल्याएर अगाडि बढ्ने योजना पाल्पा बाट सुरुवात भएको बताउँदै यसले समग्र राष्ट्रको विकासमा टेवा पु¥याउने बताउनुभयो । उहाँले आगमी दिनमा नगरबाट आवश्यक पर्ने जस्तोसुकै सहयोगको लागि हरदम तयार रहेको कुरा उल्लेख गर्नुभयो ।
त्यस्तै गरी तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी पाठकले पुरुष शिक्षित भए व्यक्ति मात्र शिक्षित हुने तर महिला शिक्षित भएमा परिवार नै शिक्षित हुने भन्दै महिलाहरुको प्रयास सराहनिय भएको बताउनुभयो । कार्यक्रममा सस्थाको तर्फबाट सामाजिक अभियान्ता संगिता भट्टराईले कार्ययोजना प्रस्तुत गर्दै संस्थाको भावी कार्ययोजनामा महिलाहरूको सशक्तिकरणको लागि पढ्ने घरको सुरुवात गरिने बताउनुभयो । जहाँ २० रुपैयाँ देखि ५० रुपैयाँमा हजारौं पुस्तकहरू पढ्न पाइने बताउनु भयो । त्यसै विभिन्न देशमा छरिएर रहेका नेपाली महिलाहरु संग हतेमालो गर्दै स्थानिय तहमा विभिन्न सिपमुलक कार्यक्रम सन्चालन गर्ने कुरा जानकारी गराउनु भयो ।
संस्थाले विदेश पलायन भएका युवाहरुलाइ आफनै देशमा सीप र क्षमताको प्रयोग गरि आफ्नै माटोमा आर्थिक क्रियाकलाप सन्चालनमा सघाउ पु¥याउने लक्ष्य लिएको छ । कार्यक्रममा तानसेन नगरपालिकाका जनप्रतिनिधि, समाजिक अभियन्ता, उद्यमी, पत्रकार, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.