Explore the Radio Palpa in shortly.

युथ युनियन कप फुटबल अन्तर्गत पहिलो चरणका खेल सम्पन्न

0

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा भैरहेको सेकेण्ड युथ युनियन कप फुटबल अन्तर्गत पहिलो चरणका खेल आज सम्पन्न भएको छ । पाँचौ र छैठौं खेल सम्पन्न भए संगै पहिलो चरणका खेल सम्पन्न भएको हो ।

विहान भएको पहिलो चरण अन्तर्गतको पाँचौ खेलमा कालीगण्डकी युवा क्लव सिर्जनाचोकलाई ईस्लामपुर सक्रिय युवा समाजले २/१ गेलले पराजित गरेको थियो । निर्धारित समयमा १/१ को बराबरी  खेल सकिएको थियो । थप समयमा ईस्लामपुर सक्रिय युवा समाजका सन्तोष खाँणले थप एक गोल गरी आफ्नो समुहलाई क्वाटर फाईनलमा पु¥याएका हुन् । खेलको पहिलो हाफमा ईस्लामपुरका विजय खत्री र कालीगण्डकी युवा क्लवका सुवास थापाले एक एक गोल गरेका थिए । दोस्रो हाफमा भने कसैले गोल गर्न सकेन ।

साँझ पख भएको पहिलो चरणको अन्तिम खेलमा युथ युनियन मटेरी वि ले कुमराङ युथ क्लव कुमराङलाई ३ / १ को गोल अन्तरले पराजित गर्दै समुह वि बाट युथ युनियन मटेरी वि सिधा सेमिफाईनलमा प्रवेश गरेको छ । खेलमा मटेरीका लागि दिनेश कार्की ३ गोल गरेका थिए । पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ गोल गरी उनले मटेरीलाई सेमिफाईनलमा पु¥याएका हुन् ।  कुमराङ टिम क्याप्टेन मिसन थापा सेकेण्ड हाफमा एक गोल गरेका थिए ।

यस अघि समुह ए बाट वि नाईन ब्वाईज विजयपुर सिधा सेमिफाईनलमा पुगीसकेको छ । क्वाटर फाईलनमा समुह ए बाट युथ युनियन मटेरी ए र भम्बक युनाईटेड क्लव र समुह वि बाट ईस्लामपुर सक्रिय समाज र कालिका युथ क्लव देविस्थान क्वाटर फाईनलमा पुगेको छ । आईतबार क्वाटर फाईनलको २ र सेमिफाईनलको एक खेल हुने छ । विहान क्वाटर फाईनलको पहिलो खेल कालिका युथ क्लव देवि स्थान र इस्लामिक सक्रिय समाज विच विहान ८ बजे, दोस्रो खेल युथ युनियन मटेरी ए र भम्बक युनाईटेड विच विहान १० बजे हुने छ । सेमिफाईनलको पहिलो खेल युथ युनियन मटेरी वि र समुह वि को क्वाटर फाईनल विजेता विच दिउँसो ३ बजे हुने छ आयोजक युथ युनियन मटेरीले जनाएको छ । मटेरीमा जारी प्रतियोगितामा विजयी समुहले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

 

 

Leave A Reply

Your email address will not be published.