Explore the Radio Palpa in shortly.

पाल्पाका थप दुई विद्यालयमा पाल्पाली समाज युएईको अक्षयकोष स्थापना

0

सीता डोटेल
पाल्पा, पाल्पाली समाज युएईले पाल्पाका थप २ विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । तानसेन नगरपालिका अन्तर्गत साबिकका बन्दिपोखरा र बौघागुम्बाका १ र १ गरि २ बिद्यालयमा अक्षयकोष स्थापना गरेको हो ।
भैरव प्राथमिक विद्यालय बन्दिपोखराका अध्यक्ष मोहन बहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा तानसेन नगरपालिका वडा नम्बर ११ का अध्यक्ष दामोदर घिमिरेले समाजले गरेको कामको प्रशंसा गर्दै युएई गएका पाल्पालीका टीमले जिल्लाको शिक्षा क्षेत्रमा गरेको कामले धेरै बालबालिकामा सहयोग पुग्ने बताउनुभयो । उहाँले पाल्पाली समाजको राम्रो कामको सिको सबैले गर्नु पर्नेमा जोड दिनुभयो ।
विद्यालयका शिक्षक बिष्णु कुमारी गाहाको स्वागत बाट सुरु भएको कार्यक्रमको संचालन भैरव प्राथमिक विद्यालयका प्रधानाध्यापक भावना खनालले गर्नुभएको हो । त्यस्तै गरि राधाकृष्ण प्राथमिक बिद्यालय छेर्लुङका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती राईको अध्यक्षतामा भएको कार्यकममा बोल्दै पाल्पाली समाजका वरिष्ठ उपाध्यक्ष ओम कुमारी खाणले रोजगारीको सिलसिलामा युएईमा रहेर समाजमा आबद्ध सबै सदस्यको लगाबले गर्दा पाल्पाका ६० विद्यालयमा अक्षयकोष स्थापना गर्न सम्भब भएको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक भेषराज पाण्डेले वडामा राधाकृष्ण प्राथमिक विद्यालयलाई छनौट गरेर अक्षयकोष स्थापना गरेकोमा धन्यवाद दिनुभयो । कार्यक्रममा समाजका उपाध्यक्ष गुम बहादुर राम्जाली, पत्रकार सीता डोटेल, किशोर भट्टराईले बोल्दै समाजले गरेको कार्यक्रम र अक्षयकोषको बारेमा अाफ्नाे भनाई राख्नु भएकाे थियो । समाजका बरिष्ठ उपाध्यक्ष ओम कुमारी खाँण र उपाध्यक्ष गुम बहादुर राम्जालीले संयुक्त रुपमा विद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई नगद २५ हजार रुपैयाँ अक्षयकोष स्थापनाको रकम हस्तान्तरण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.