Explore the Radio Palpa in shortly.

राष्ट्रपतिद्वारा समृद्ध सिन्धुली अभियान सम्मानित

0

अर्थ नेपाल काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक सिन्धुलीगढीमा मनाइएको २५० औं विजयोत्सवका अबसरमा समृद्ध सिन्धुली अभियानलगायत संघसंस्थालाई सम्मान गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले अभियानका संयोजक लीलानाथ घिमिरेलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो । त्यस अबसरमा नेपाल पत्रकार महासंघ सिन्धुली शाखा, नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखा, पुरानो गोरख गण, सेनाको ९ नम्बर बाहिनी, जिल्ला समन्वय समिति, उद्योग बाणिज्य संघ सिन्धुलीलगायतका संघसस्थालाई पनि राष्ट्रपति भण्डारीले सम्मान गर्नु भयो । अभियानले सिन्धुलीगढीमा मनाइने विजयोत्सवमा काठमाडौंबाट साइकल यात्रा गर्दै आएको छ । राइड टु सिन्धुलीगढी नाम दिइएको साइकल यात्रामा यस बर्ष १ सय ६२ जना सहभागी थिए ।
समृद्ध सिन्धुली अभियानले सिन्धुलीको समग्र विकासमा स्वसंसेवी सस्थाका रुपमा सघाउँदै आएको छ । सिन्धुलीमा जन्मे हुर्केर काठमाडौंलाई कर्मथलो बनाउँदै आएका ब्यक्तिले सुरुमा खुल्ला संजालका रुपमा स्थापना गरेको यस संस्थाले सिन्धुलीमा लगानीसम्बन्धी छलफल, नक्सांकनबारे कार्यशाला, मल्टिमिडिया स्टोरी टेलिङ ट्रेनिङ, होमस्टे तालिमलगायतका कार्यक्रम गरिसकेको छ । सिन्धुलीगढीलाई अन्तराष्ट्रिय रुपमा चिनाएर प्रदेश नम्बर तीनको महत्वपूर्ण गन्तब्य बनाउन यसले विभिन्न क्षेत्रसँगको सहकार्यमा सिन्धुलीगढीको प्रबर्धन गर्दै आएको छ । संस्थाले गत बर्षदेखि विजयोत्सवका बेला काठमाडौंबाट साइकल यात्राको सुरुआत गरेको थियो । यस बर्ष २५० औं विजयोत्सव परेकाले यसलाई विशेष रुपमा मनाउन विजयोत्सवलगत्तै कलाशिविरसमेत गर्ने योजना बनाएको छ ।
अभियानमा लीलानाथ घिमिरे, सौरभ ढकाल, दीपक विहीन श्रेष्ठ, डन्ड गुरुङ र भुवन थापा सक्रिय छन् । पछिल्लो समय अभियन्ताहरु थपिने क्रम बढेको छ । अभियानलाई कानुनी स्वरुप दिएर विभिन्न गतिविधि अगाडि बढाउन मुनाफा वितरण नगर्ने आवर ड्रिम सिटी नामक संस्था स्थापना गरिएको छ ।

Leave A Reply

Your email address will not be published.