Explore the Radio Palpa in shortly.

डेढ गाउँमा जेष्ठनागरिक स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न

0

ऋषिराम पौडेल
नवलपुर (डेढगाउँ) बालीघाट क्षेत्र संरक्षण समितिले बौदीकाली गाउँपालिका २ बालीघाट क्षेत्रमा एक दिने निशुल्क जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न गरेको छ ।
शिविरमा नवलपुरको बौदिकाली, तनहुँको घिरिङ , पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानका ८१ जना भन्दा बढी वृद्धहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । जसमा कालीगण्डकी सामुदायिक अस्पताल कावासोतीका वरिष्ठ डाक्टर गोपाल खनाल, रकुवा प्रथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डाक्टर सृजना ढकाल सहितको टोलीले स्वस्थ्य परिक्षण सहित परामर्श र औषधी प्रदान गरेका थिए ।
बालीघाट क्षेत्र संरक्षण समितिका अध्यक्ष भानु भक्त ओझाको अध्यक्षतमा भएको कार्यक्रम बौडी काली गाउँपालिका २ का वडा अध्यक्ष बालप्रसाद ठाडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी ठाडाले बालीघाट क्षेत्र संरक्षण समितिले जेष्ठ नागरिकको सम्मानमा आयोजना गरेको कार्यक्रमको प्रसंशा गर्दै यस्ता अनुकरणिय कार्यलाई निरन्तरता दिदै जान आग्रह गर्नुभयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य किसन शर्मा गैरे, बालीघाट क्षेत्र संरक्षण समितिका सल्लाहाकार होमनाथ भट्टराईले आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रमको अवसरमा बालीघाट क्षेत्र संरक्षण समितिले शिविरमा सहयोग गर्ने स्वास्थ्य कर्मीहरुलाई सम्मान गरेको थियो । बालिघाट सामुदायिक स्वास्थ्य इकाईका इञ्चार्ज विर बहादुर विसीको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन बालिघाट क्षेत्र संरक्षण समितिका कार्यालय सचिव ऋषिराम पौडेलले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.