Explore the Radio Palpa in shortly.

ओम डेभलपमेन्ट बैंकको हकप्रद शेयर खुल्यो

0

अर्थ नेपाल संवाददाता

काठमाडौं /ओम डेभलपमेन्ट बैंकले हकप्रद सेयरको बिक्री खुला गरेको छ । एनआईबिएल क्यापिटल मार्केट्स बैंकको बिक्रि प्रबन्धक रहेको छ । सोमबारदेखी सुरु भएको बैंकको हकप्रदमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकले ४९ करोड ३१ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो ।

बैंकका शेयरधनीले एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट, ओम डेभलपमेन्ट बैंकको सम्पूर्ण शाखाहरु र नेपाल इन्भेस्टमेन्ट बैंकको बिराटनगर, बिरगंज, नेपालगंज, इटहरी तथा धनगढी शाखाबाट आवेदन दिन सक्ने छन् ।
बैंकको हकप्रद सेयरमा गत भदौ २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् ।
बैंकको चुक्ता पुंँजी १ अर्ब ६४ करोड पुगेको छ। हकप्रद बिक्रिपश्चात ओम विकासको चुक्ता पुंजी २ अर्ब १३ करोड पुग्ने छ।
गोरखाको मनास्लु र कास्कीको ओम मर्जर भएर थियो ।

Leave A Reply

Your email address will not be published.