Explore the Radio Palpa in shortly.

टापुधाम क्षेत्रमा शालिग्राम संग्राहालय स्थापना गरिदै

0

पाल्पा (रामपुर) रामपुर नगरपालिका १ पाल्पामा रहेको धार्मिक तथा पर्यटकिय स्थल टापुधाम क्षेत्रमा शालिग्राम संग्राहालय स्थापना गरिने भएको छ ।
रामपुर नगरपालिकाको १० पर्यटकिय स्थल मध्ये एकको रुपमा रहेको टापुधामको पहिचान कायम गर्न रामपुर नगरपालिकाले शालिग्राम संग्राहालय स्थापना गर्न लागेको हो । ५ वर्ष अघि देखि टापुधाम क्षेत्र विकास समितिले टापुधामको उत्थानका आफ्नो गतिविधि सञ्चालन गर्दै आएको थियो ।
नगरपालिकाले यस अघि नगर भित्र संग्राहालय स्थापना गर्ने भने पनि स्थान निश्चित गरेको थिएन । शालिग्राम संकलनको लागि थिरलाल ढकालको संयोजकत्वमा १७ सदस्य शालिग्राम संकलन समिति गठन भएको छ । सोही समितिले नै टापु धामको गुरु योजना निर्माण गर्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.