Explore the Radio Palpa in shortly.

दोस्रो रामपुर महोत्सवको एकै दिन गरे १४ हजार बढीले अवलोकन

0

इमान सिं राना
पाल्पा (रामपुर) रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षकत्वमा आयोजित दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको समापन मिति नजिकिदै गर्दा दर्शकहरुको उपस्थिति पनि बढ्दै गएको छ ।
पौष २७ देखि रामतुलसी माध्यमिक विद्यालयको खेल मैदानमा भैरहेको मेलामा अवलोकन संगै किनमेलको लागि आउने दर्शकहरुको संख्यामा वृद्धि हुँदै गएको आयोजकले जनाएको छ । मेलाको नवौं दिन मेलामा महोत्सव अवधी भर मै धेरै दर्शकहरुले अवलोकन गरेका छन् । नवौ दिन शनिबार परेको कारणले गर्दा पनि दर्शकहरुको उपस्थिति बाक्लो देखिन्थ्यो । शनिबार १४ हजार बढीले मेलाको प्रत्यक्ष अवलोकन गरेको आयोजकको दावी छ । प्रवेश टिकट छपाई तथा विक्रि उप समितिका संयोजक समसुल हकमियाँले ११ हजार ५ सय टिकट विक्री भएको बताउनु भयो । उहाँले विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको लागि व्यवस्था गरिएको ३० रुपैयाँ दरको १ हजार ८ सय छुटको टिकट, र ९ हजार ७ सय ओटा ५० रुपैयाँ दरको टिकट विक्री भएको थियो ।
विशेष पास तथा अन्य पास सहितका २ हजार बढी दर्शक र टिकट सहितका दर्शक गरी शनिबार १४ हजार बढी दर्शकले अवलोकन गरेको मेला मुल आयोजक समितिका संयोजक तथा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो । इण्डो नेपाल आमन्त्रण भलिबल प्रतियोगिता तथा कलाकारहरु प्रस्तुतिमा दर्शकहरुको भिड देखिन्थ्यो । साथै मेलामा बालउद्यान संगै किनमेलका लागि स्टलमा पनि दर्शकहरु व्यस्त देखिन्थ्यो ।
शनिबारको सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको आधुनिक गायक हेमन्त शर्मा र मिलन लामाले दर्शकहरुलाई उचाल्न सफल हुनु भएको थियो । केही होईन रुप…… केही होईन धन…. भन्दै जब हेमन्त शर्मा मञ्चमा उक्लीनुभयो दर्शकहरुको हुटिङ्ग सुरु भएको थियो । शर्माले हरि हरि गल्ती भए माफी पाउँ भन्छु बरु सरी भन्दै बरिखा एल्बम बाट गितको सुरुवात गर्नु भएको थियो । उहाँले मायाँ त यस्तो होस्…., मुल हउ भने सुकाई देऊ…., मायाँले बाँधिएको छ भने यो जिन्दगी ………, लगाएतका आधा दर्जन बढी गित मार्फत दर्शकहरुलाई झुमाएउनु भएको थियो ।
त्यस्तै स्वार्थी संसार सधैं भरी त्यरो मेरो जे छ, बाँचुन्जेल नाच्ने गाउने मरिलानु के छ भन्दै सबैलाई नजिक आउन आग्रह गर्दै मिलन लामाले गित सुरु गर्नु भएको थियो । हंकङ आडीले बोलको गित मार्फत प्रस्तुति सुरु गर्नु भएको लामाले लालु पाते फुल छैन रुख मात्रै……., माझीदाई पोखरा फेवातालको …….., लगाएत थुप्रै गित मार्फत रमाईलो प्रस्तुति दिनु भएको थियो । साथै कार्यक्रममा लोक दोहारी गायिका तुलसा जिसी सहित स्थानिय कलाकारहरुको प्रस्तुति र डान्स आईडलका प्रतियोगिहरुको प्रस्तुति रहेको थियो । स्थानिय व्याण्डको कन्सटै सहित दोहोरी पनि भएको थियो ।
आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार भन्ने नाराका भैरहेको महोत्सवको नवौं दिनको कार्यक्रम रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षता र चापाकोट नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । महोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरिले गण्डकी बेशी क्षेत्रको एक ठाउँको विकासले अर्को ठाउँलाई प्रभाव पार्ने बताउँदै सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । साथै उहाँले विकासको लागि सम्पूर्ण राजनैतिक शक्तिहरु एक भएर एकले अर्कोलाई साथ दिएर अघि बढ्नु आवश्यक रहेको बताउनु भयो ।
कृषि, उद्योगको प्रवद्र्धन, कला संस्कृति, ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलको संरक्षण गरी रामपुर सहित गण्डकी बेशी क्षेत्रको पहिचान कायम राख्ने, संघको संस्थागत दिगोपन संगै भवन निर्माणको लागि सहयोग जुटाउन उद्देश्यका साथ सञ्चालनमा रहेको मेलामा कृषि उपज तथा घरेलु उद्योग बाट उत्पादित स्थानिय उत्पादनहरुको मेला स्थल बाटै विक्री भैरहेको छ । मेलामा सुर्योदय कृषि सहकारीले स्थलमा पेल्दै गरेको उखुको रसको कारोबार, अमृत दुग्ध भण्डारको मेला परिसरमा बनेका दुग्धजन्य परिकार, रामपुर नगरपालिका ६ का विभिन्न समुहले उत्पादन गरेको कृषि उपज र निस्दी गाउँपालिका २ र ५ का कृषकले उब्जाएका तरकारीको बिक्रि वितरणको स्थलले स्थानिय उत्पादनको बजारिकरणमा सहजता दिलाएको देखिन्थ्यो । मेलामा २ सय ५० भन्दा बढी स्टलहरुमा सामान किन बेच भैरहेको छ ।
कार्यक्रमको सञ्चालन रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर केसी पुरुषेत्तम र लोक दोहोरी गायक डिवि कालिजले गर्नु भएको हो । आईतबारको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरि गायक खुमन अधिकारि, सुगम संगितका गायक रुपक डोटेल, लोक तथा दोहोरि गायक कार्यक्रम सञ्चालक चोलेन्द्र पौडेल लगाएतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.