Explore the Radio Palpa in shortly.

भव्यताका साथ सुरुभयो सातौं वालिङ महोत्सव

0

विकासका लागि राष्ट्रिय एकता र समझदारीको आवश्यक रहेको पूर्व प्रधानमन्त्री दहालको भनाई

तिलक गुरुङ
वालिङ (स्याङ्जा) पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले देशलाई विकास तर्फ अघि बढाउन राष्ट्रिय एकता र समझदारी आवश्यक रहेको बताउनु भएको छ । स्याङ्जाको वालिङमा बुधबार देखि सुरु भएको सातौं वालिङ महोत्सवको उट्घाटन गर्दै दहालले विकास निर्माणको लागि सबैको सहकार्य भएन भने समृद्धिको सपना साकार पार्न धेरै कठिन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विकास निर्माणको कुरामा के सत्तापक्ष, के प्रति पक्ष र के निजी क्षेत्र के सार्वजनिक सबैको सहकार्य भएन भने जसरी विगतमा राजनैतिक सहमती विना ठूलो राजनैतिक परिवर्तन सम्भव भएन त्यसै गरी विकास र समृद्धिको सपना साकार पार्न धेरै कठिन हुने छ । त्यसैले राष्ट्रिय एकता र समझदारी अहिले पनि आवश्यक छ ।’ समाजवादको अधार निर्माण गर्ने कुरा, सामाजिक न्याय सहितका विकासलाई अघि बढाउने कुरा सहमति र समझदारी विना सम्भन नभएको उल्लेख गर्नुभयो । उहाँले निर्माण र समृद्धिको सपना पुरा गर्ने कुरा निजि क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य विना सम्भव नभएको बताउनुभयो । उहाँले जब सम्म देशलाई मायाँ गर्ने मानिसहरुलाई लगानी गर्ने वातावरण सिर्जना गर्न सकिदैन तब सम्म विदेशी लगानी भित्र्याउने प्रयास गर्नु मुर्खता मात्रै हुने बताउनुभयो ।

उहाँले समृद्ध नेपाल निर्माणका लागी यो समय अवसरको रुपमा रहेको उल्लेख गर्दै समय ७० वर्षकै ऐतिहासिक रहेको बताउनुभयो । विगतको परिवर्तनमा सिस्टम परिवर्तनको कुरा नभएको भन्दै उहाँले कही न कही राजा राख्ने व्यवस्था रहेको बताउनुभयो । अहिले व्यवस्थामा परिवर्तन आएको बताउनु भयो । उहाले वालिङ पर्यटन प्रवद्र्धनको सम्भावना युक्त स्थान रहेको बताउँदै भन्नुभयो, ‘आँधीखोलामा उच्च बाँध निर्माण र सिदार्थ राजमार्गको स्तरउन्नतिका लागि पहल गर्नेछु ।’
त्यस्तै नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले जनताको चाहाना र गुनासाहरु सरकारले बुझेको भन्दै जनताले सरकारको कार्यको समेत चर्चा गरेको बताउनु भयो । मन्त्री अर्यालले भन्नुभयो, “जनप्रतिनिधिको चिन्ता मात्रै विकास निर्माण कसरी गर्ने र जनताको जिवनस्तर कसरी परिर्वतन गर्ने भन्नेमै केन्द्रित रहेको छ ।” यता नेपाली कांगे्रसका प्रवक्ता विश्वप्रकाश शर्माले देश बनाउने जिम्मा सरकार एक्लैको मात्र नभएको बताउनु भयो । प्रवक्ता शर्माले प्रतिपक्षीको रुपमा रहेको नेपाली कागे्रँस समेत सरकारको सकरात्मक कार्यमा साथमै रहेको भन्दै देश बनाउनका लागी मतदाता तथा प्रत्येक नागरिक समेत संयम हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले निजि क्षेत्र र सरकार संगसंगै सहकार्य गरेमा समृद्धिको सपना पुरा हुने बताउनुभयो ।
मेला ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नाराका साथ वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा भएको हो । माघ २८ गतेसम्म वालिङ खेलमैदानमा हुने गण्डकी प्रदेशस्तरीय औद्योगिक, कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि एवम् शैक्षिक प्रदर्शनी तथा ब्यापार मेलामा उट्घाटनको अवसरमा वालिङ मोड देखि मेला स्थल सम्म विभिन्न संस्कृति झल्कने सांस्कृति झाँकी सहितको ¥याली निकालिएको थियो । मेलामा बालउद्यान, सहित आँधीखोलाको कृतिम तालमा डुङ्गा सयर, चिडियाघर, परम्परागत कुँडलेघर मुख्य आकर्षणको रुपमा रहेको छ । प्याराग्लाईडिङ सहित कृषि तथा स्थानिय उद्योग बाट उत्पादित सामाग्री र स्वदेशी तथा विदेशी उत्पादनका सामाग्री, अटोमोवाईल्स गरी ४ सय भन्दा बढी स्टलहरु रहेको छ । ब्यवसायिक चेतना अभिवृद्धि गर्ने, स्थानीय बस्तु तथा सेवाहरुको प्रवद्र्धन गरी उद्यमी ब्यवसायीहरुलाई प्रोत्साहन गर्ने, उत्पादक र उपभोक्ताबीचको सम्बन्ध अभिबृद्धि गर्ने, हस्तकला ब्यवसायको खोजी तथा प्रबद्र्धन गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने, लोक संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यका साथ मेला सुरु भएको हो । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक शोभाकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ उपाध्यक्ष अर्जुन प्रसाद खनालको स्वागत र महासचिव केशर बहादुर खाँण र सचिव पदमराज गुरुङको सञ्चालनमा भएको हो ।

Leave A Reply

Your email address will not be published.