Explore the Radio Palpa in shortly.

मजदुर व्यवस्थापन समितिले राख्यो बजार क्षेत्रमा सचेतना बोर्ड

0

पाल्पा (रामपुर)
पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति रामपुरले बजार क्षेत्रमा ट्राफिक सचेतना बोर्ड राखेको छ । समितिले पाँचौ वार्षिक साधारण सभाको अवसरमा नागरिक सचेतना कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय रामपुर संग समन्वय गरी बजार क्षेत्रका १२ स्थानमा बोर्ड राखेको हो । रामपुर नगरपालिकाको मुख्य बजार बेझाँड, सदावर्त, किसानबारी, विजयपुरको चोक तथा सडकको दायाँबायाँ सचेतना बोर्ड राखेको हो ।
पाल्पाको पूर्वी क्षेत्रमा क्रियाशिल मजदुरहरुको व्यवस्थापन गर्दै आएको समितिले सम्भावित सडक दुर्घटना न्यूनिकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रहरी संगको समन्वय बोर्ड राखेको हो । रामपुर ४ सदावर्तमा बोर्ड राख्ने कार्यको शुभारम्भ संगै पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिले प्रकाशन गरेको २०७६ सालको पात्रो विमोचन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले नगरले गर्नु पर्ने कार्य समितिले गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा नगपालिका पनि संगसंगै सहकार्य गर्न तयार रहेको बताउनुभयो । “ट्राफिक नियमको पालना गरौं, सभ्य नागरिकको परिचय दिउँ”, “ए हजुर टाउकोमा हेलमेट खल्तीमा विलबुक खोईत ?”, “जथाभावी फोहोर नफालौ, सभ्य नागरिकको परिचय दिउँ”, “कति हतार हौं, गति सिमित है ।”, “बजार क्षेत्र गति २०” उल्लेख गरिएका बोर्ड रामपुर नगरपालिका ४, ५, ६ र ७ वडा सडकको दायाँबायाँ प्रहरी, सम्बन्धित वडाका अध्यक्षहरु, समितिका पदाधिकारीहरुको सहभागीतामा राखिएको हो ।
सोही क्रममा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपाल सिंह रानाले दुर्घटना न्युनिकरणका उपायका बारेमा बेझाँड चोकमा प्रशिक्षण दिनु भएको थियो । त्यस्तै कार्यक्रममा रामपुर नगरपालिका ४ का वडा अध्यक्ष एक बहादुर नेपाली, वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्ल, वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने र रामपुर नगरपालिका ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले आ–आफ्ना वडा क्षेत्रमा सचेतना बोर्ड राख्ने कार्यमा सहयोग गर्दै समितिलाई धन्यवाद दिनु भएको हो । उहाँहरुले नगरपालिकाको मापडण्द पुरा गरेका घर तथा भवन निर्माणमा सहयोग गरिदिन आग्रह गर्दै मापडण्द विनाको घर बनाउँदा पर्ने समस्याका विषयमा चेतना जगाउन अनुरोध गर्नुभयो । कार्यक्रम विजयपुर बजारमा पुगेर समापन भएको थियो ।
समितिका अध्यक्ष दुर्गा प्रसाद पोखरेलले यस वर्ष नागरिक सचेतना कार्यक्रमका लागि एक लाख रकम छुट्याई सोहि मध्यको रकम बाट बोर्ड राखिएको बताउनुभयो । उहाँले नागरिक सचेतना कार्यक्रम समितिको नियमित वार्षिक कार्ययोजनामा रहेको बताउँदै आगामी दिनमा नगरको सम्पूर्ण वडामा विभिन्न कार्यक्रम गर्दै जाने बताउनुभयो । समितिका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम समितिका वरिष्ठ उपाध्यक्ष यम बहादुर सुनारको स्वागत र सचिव जायश्वर पाण्डेको सञ्चालनमा भएको हो ।

Leave A Reply

Your email address will not be published.