Explore the Radio Palpa in shortly.

रामपुर क्षेत्रका ट्रक ड्राईभरहरुको भेला सम्पन्न

0

पाल्पा (रामपुर) रामपुर क्षेत्रका ट्रक ड्राईभरहरुको भेला सम्पन्न भएको छ । रामपुर ८ रानीबासमा बसेको भेलाले आफ्नो अधिकारको लागि संगठित हुने निर्णय गरेको छ ।
भेलाले प्रकाश ज्ञवालीको अध्यक्षता ९ सदस्य रामपुर ट्रक डाइभर मज्दुर संघ रामपुर पाल्पा गठन गरेको छ । समितिको उपध्यक्षमा कुशल फाल, सचिबमा यादब राज रेग्मी, कोषाध्यक्षमा ईन्द्र बहादुर श्रेष्ठ, सदस्यहरुमा उमेश सारु, उत्तम श्रेष्ठ र सल्लाहकारहरुमा तिलक वि.क, भुपेन्द्र सोती रहनु भएको छ ।
भेला प्रकाश ज्ञावलीको अध्यक्षता र न्यु चन्द्र सुर्य हार्डवयरका सुरेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि आचार्यले भेलामा बोल्दै संगठनलाई चालकहरुको हितका लागि काम गर्न आग्रह गर्नु भयो । कार्यक्रमको सञ्चालन यादब राज रेग्मीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.