Explore the Radio Palpa in shortly.

पाल्पाली पत्रकार अर्याललाई संरक्षण पुरस्कार

0

पाल्पा,

विगत दुई दशक देखि पत्रकारितामा निरन्तर सक्रिया पाल्पाली पत्रकार माधव अर्याल नगद ५० हजार राशी सहितको ‘संचार पुरस्कार, २०१९’ बाट पुरस्कृत हुनु भएको छ । विश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले वन, वातावरण तथा जैविक विविधताको क्षेत्रमा पत्रकारिताबाट उल्लेख्य योगदान पुर्याएको भन्दै अर्याललाई पुरस्कृत गरेको हो ।

डब्लुडब्लुएफ नेपालको २६ औ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौमा आयोजित कार्यक्रममा कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक अर्याललाई पुरस्कार प्रदान गरेको थियो । राष्टिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, डव्लुडव्लुएफ नेपालका राष्टिय प्रतिनिधि डा. घनश्याम गुरुङले नगद, सम्मानपत्र प्रदान गर्नुभयो । संरक्षण सम्बन्धी समाचार तथा लेख प्रकाशन गरी उल्लेख्य योगदान पु¥याए वापत यस वर्ष संरक्षण पुरस्कार दिएको कोषले जनाएको छ । पुरस्कारको राशी ५० हजार रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।

वन वातावरण, जैविक विविद्यता तथा वन्यजन्तुको क्षेत्रमा कलम चलाउने देशभरबाट एक पत्रकारलाई छनोट गरी यो पुरस्कार प्रदान गरिन्छ । वन, वातावरण, जैविक विविधतासम्बन्धी संरक्षण गरेवापत पुरस्कार प्राप्त गरेका पत्रकार अर्याल बिगत दुई दशकभन्दा बढी समयदेखि पाल्पामा रहेर पत्रकारिता गदै आउनु भएको छ । उहाँले वन, दीगो विकासका क्षेत्रका साथै वन्यजन्तु, वातवारण तथा पर्या–पर्यटनको विषयमा कलम चलाउँदै आउनु भएको छ । अर्यालले स्थानीयसँगको समन्वयमा गिद्ध संरक्षण अभियान अघि सार्नुका साथै चमेरा, कालिज, संरक्षणका लागि योगदान पु¥याउनु भएको छ । कबुलियति वन कार्यक्रमको कार्यान्वयनको लागि पनि अर्यालले सहयोग गर्दै आउनु भएको छ ।

संरक्षण सम्बन्धी समाचार लेख्नमा रुची राख्ने अर्यालले यसअघि विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय वातावरण पुरस्कार प्राप्त गरिसक्नु भएको छ । अर्यालले २० वर्षअघि देखि व्यवसायिक पत्रकारिता गर्दै आउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.