Explore the Radio Palpa in shortly.

गणतन्त्र दिवसमा विद्यार्थीहरुलाई स्ववियुको कलम उपहार

0

स्याङ्जा (चापाकोट) स्वातन्त्र विद्यार्थी युनियन चापाकोट बहुमुखी क्याम्पस चापाकोट स्याङ्जाले शुभकामना आदनप्रदान तथा विद्यार्थीहरुलाई कलम उपहार प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियनले कार्यक्रम गरी शुभकामना आदनप्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै चापाकोट बहुमुखी क्याम्पसका पूर्व क्याम्पस खेमराज भट्टराईले ठूलो संघर्ष र वलीदान बाट प्राप्त गणतन्त्रको अनुभूति जनता सम्म अझै पुग्न नसकेको बताउनुभयो । उहाँले देशको मुख्य शक्तिको रुपमा रहेका विद्यार्थी वर्गले सरकार र राज्यलाई जनता सम्म गणतन्त्रको प्रत्याभूति दिलाउनका लागि घचघच्याउन आवश्यक रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा प्राध्यापक रामु बस्यालले एक आपसमा मिलेर समन्वयकारी भुमिकामा सबै रहनु पर्ने र सिद्धान्त लाई व्यवहारमा प्रयोग गर्नु आजको आवश्यकता रहेको बताए ।
स्वतन्त्र विद्यार्थी युनियन चापाकोट बहुमुखी क्याम्पसका सभापतित्व सबिन चन्द्र डोटेलले ज्ञातअज्ञात सहिदहरुको बलिदान कै कारण राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउनु भयो । उहाँले गणतन्त्र दिवस मनाईरहँदा आज पनि विरोधी तत्वहरुले गणतन्त्र सस्थागत हुन नदिने षड्यन्त्र भैरहेको भन्दै गणतन्त्रलाई संस्थागत गर्न र देशको समृद्धिको लागि हामी विद्यार्थी एकजुट हुनु आवश्यक रहेको बताउनु भयो । डोटेलले गणतन्त्रको रक्षाको लागि बन्दुक नभई कलम उठाउनुको विकल्प नभएकाले विद्यार्थीहरुलाई कलम वितरण गरिएको जानकारी दिनुभयो । स्ववियु सभापति डोटेलको अध्यक्षतामा भएको कार्यक्रम चापाकोट क्याम्पसका प्राध्यापक रामु बस्यालको स्वागत र विद्यार्थी दिवस भण्डारीको सञ्चालनमा भएको हो ।

Leave A Reply

Your email address will not be published.