Explore the Radio Palpa in shortly.

बालविकास सहयोगीले हस्ताक्षर सहित बौदीकालीमा ज्ञापन पत्र बुझायो

0

ऋषिराम पौडेल

नवलपुर (डेढगाउँ) बौदीकाली गाउँपालिका नवलपुरका बालविकास केन्द्र सहयोगी कार्यकर्ताहरुले आईतबार गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । पाँच बुँदे माग राख्दै बौदीकाली बालविकास सहयोगी कार्यकर्ता महासंघले हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा बालविकास केन्द्र सहयोगी कार्यकर्ताहरुको माग सम्बोधन नगरेकाले स्थानिय सरकारले सम्बोधन गर्न, बालविकास केन्द्रलाई विद्यालय तहको कार्यसुचिमा राख्न, साविकको पूर्वप्राथमिक तह तथा प्रारम्भिक बाल शिक्षा शिक्षकहरु दरबन्दी सृजना गरी सेवा एवं सुविधा सुनिश्चित गर्न, सरकारी अनुदान बाट तलब पाउने कर्मचारी सरह तलब पोशाक तथा महंगी भत्ता प्रबन्ध गर्न, साविकको पूर्व प्राथमिकतह तथा प्रारम्भिक बालविकासलाई औपचारिक शिक्षामा समावेश गरियोस्, आर्थिक वर्ष  २०७६÷०७७ को विनियोजित बजेटमा हामीबालविकास सहयोगी कार्यकर्ताहरुको सम्बोधन नभएको हुँदा स्थानिय सरकारले सम्बोध गरियोस् लगाएतका विषय समेटिएको छ ।

बौदीकाली बालविकास सहयोगी कार्यकर्ता महासंघका अध्यक्ष भगवती घर्तीको संयोजकत्वमा आएका गाउँपालिका भित्रका ४२ जना बालविकास सहयोगीहरुले हस्ताक्षर गरी गाउँपालिका उपाध्यक्ष मायाँदेवी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै उपाध्यक्ष श्रेष्ठले बालविकास केन्द्र सहयोगी कार्यकर्ताहरुको माग सम्बोधन गर्न गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा २० विद्यालयका प्रधानाध्यापकहरुको पनि सहभागीता रहेको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.