Explore the Radio Palpa in shortly.

राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता रामपुरमा सम्पन्न

0

पाल्पा (रामपुर) राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता रामपुरमा सम्पन्न भएको छ । नगरपालिका भित्रको माध्यमिक विद्यालय विचकाे छनाैट प्रतियाेगिता रामतुलसी माविको खेल मैदान बेझाँडमा सम्पन्न भएको हो ।

प्रतियोगितामा विजयी विद्यार्थी तथा विद्यालयलाई पुरस्कृत गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलले स्वास्थ्य संगै राष्ट्र र समाजलाई चिनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले जिल्ला स्तरिय प्रतियोगिताको लागि तयारी गर्न छनौट हुन सफल विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । विजयी समुहलाई प्रतियोगिता मार्फत छात्र, छात्रा भलिबल, कपर्दी, १०० मिटर, २०० मिटर दौड, ४०० मिटर रिले, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प तथा सटफुट लगाएतका विधामा नगर बाट प्रतिनिधित्व गर्ने गरी खेलादी छनौट गरिएको खेल संयोजक नेत्र गाहाले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्र भलिबल तर्फ प्रथम रामतुलसी मावि, द्वितीय भानु भक्त मावि जब्गादी द्धितिय भएको छ । १०० मिटर दौडमा छात्रा तर्फ नव दुर्गा माविका निशा कुमाल प्रथम र कृष्णा देवी माविका दिया कुमाल द्धितिय भएका छन् । छात्रा तर्फ जनविकास माविका देव नारायण श्रेष्ठ प्रथम र दरै ठाँटी माविका निर्मल मानान्धर द्धितिय भएको छ । २०० मिटर दौडमा छात्रा तर्फ जनविकास माविका देव नारायण श्रेष्ठ प्रथम र नव दुर्गा माविका विशाल कुमाल द्धितिय भएका छन् । छात्रा तर्फ नवदुर्गा माविका चन्द्रकला कुमाल प्रथम र कृष्णा देवी माविका अस्मिता थापा द्धितिय भएको छ ।

४ सय मिटर रिलेमा छात्रा तर्फ नवदुर्गा मावि प्रथम, जनविकास मावि द्धितिय र छात्र तर्फ रामतुलसी मावि प्रथम र दरैठाँटी मावि द्धितिय भएको छ । ज्याव्लिङ्ग थ्रो छात्र तर्फ कृष्ण देवी माविका एलोन थापा प्रथम, गंगा माविका सुन्दर कुमाल द्धितिय भएको छ । छात्रा तर्फ कृष्णा देवी माविका मायाँ कुमाल प्रथम र भानुभक्त माविका तारा सिंजाली द्धितिय भएकाछाु । सटफुट छात्रामा गंगा माविका खिमा अस्लामी प्रथम, रजघरा बोर्डिङ्गका विनिता पराजुली द्धितिय र छात्र तर्फ भानु भक्त माविका राजेश थापा प्रथम र दरैठाँटी माविका निर्मल मानन्धर द्धितिय भएका छन् । छात्रा हाईजम्पमा दरैठाँटीका अस्मीता थापा प्रथम, जनविकासका अञ्जना श्रेष्ठ द्धितिय र छात्र तर्फ गंगा माविका मनोज कुमाल प्रथम, जनविकास माविका विवेक कुमाल द्धितिय भएका छन् । ट्रिपल जम्प छात्रा तर्फ जनविकास माविका समिक्षा भण्डारी प्रथम, अधारभूत माविका निर्जला श्रेष्ठ द्धितिय र छात्र तर्फ रामतुलसी माविका सचिन अधिकारी प्रथम र नवदुर्गा माविका रेशम कुमाल द्धितिय भएका छन् ।

लङ्जम्प छात्र तर्फ नवदुर्गा माविका रेशम कुमाल प्रथम, रामतुलसी माविका सचिन अधिकारी द्धितिय, छात्रा तर्फ गंगा माविका पुष्पा वि.क प्रथम, जनविकास माविका प्रकृति ढुवाडी द्धितिय भएको छ । कपर्दीमा छात्र तर्फ रामतुलसी मावि प्रथम, जनकल्याण मावि द्धितिय र छात्रा तर्फ जनकल्याण मावि प्रथम र भुपु सैनिक इङ्गगलिश बोर्डिङ द्धितिय भएको खेल उपसंयोजक शंकर बहादुर खाँणले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.