Explore the Radio Palpa in shortly.

नेवि संघ चापाकोट द्धारा विद्यार्थीलाई सम्मान

0

स्याङ्जा (चापाकोट)नेपाल विद्यार्थी संघ चापाकोट स्याङ्गजाले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०७५ मा उत्र्तिण भएका विद्यार्थीलाई सम्मान गरेको छ । संघले नगर भित्रका ९६ जना विद्यार्थीलाई एक कार्यक्रम गरी सम्मान गरेको हो ।

नेपाल विद्यार्थी संघ नगर सभापति महेश डोटेलको अध्यक्षतामा भएको कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं ३ स्याङ्जाका सभापति देब बहादुर खाँण ईश्वरको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । विद्यार्थीलाई सम्मान गर्दै प्रमुख अतिथी खाँणले सबैभन्दा पहिलो प्राथमिकता शिक्षालाई दिनुपर्ने बताउनुभयो । विद्यार्थी जीवनको महत्व उच्च रहेकाले अनुशासित लगनशिल भएर पढेमात्र लक्ष्यमा पुगिने बताउँदै विद्यार्थीहरुको आगामी दिनको उज्वल भविष्यको कामना गर्नुभयो ।

चापाकोट क्याम्पसको सभाहलमा भएको कार्यक्रममा नेपाली कांग्रेस चापाकोट नगर कार्यसमितिका सभापति रामचन्द्र पंगेनी, नेविसंघ जिल्ला सभापति अजित क्षेत्री, नेविसंघ क्षेत्रीय सभापतिहरु विज्ञान भण्डारी, विश्वास लम्साल, धनराज पौडेल, नेपाल महिला संघका क्षेत्रिय सभापति गायत्री आचार्य, त्रिभुवन आदर्श क्याम्पस स्याङ्जाका स्वबियु सभापति सुनिल चापागाईं, मालुङा क्याम्पस स्वबीयु सभापति खगेन्द्र भण्डारी, विक्रम सारु, विश्वास लम्साल, खेमराज भट्टराई, दिपक रेग्मी, हरिवाबु पोखरेल लयायतले बोल्दै बधाई तथा प्रगतिको शुभकामना दिनुभएको थियो । चापाकोट क्याम्पसका स्ववियु सभापति सबिन डोटेलको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन नेवि संघ नगर सचिव भुवन भण्डारीले गर्नुभएको हो ।

 

Leave A Reply

Your email address will not be published.