Explore the Radio Palpa in shortly.

पाल्पाली विद्यार्थीहरु सम्मानित

0

 

काठमाडौं, नेपाल विद्यार्थी संघ पाल्पा काठमाडौ सम्पर्क समितिले ३ सय विद्यार्थीहरुलाई सम्मान सहित परामर्श प्रदान गरेको छ । २०७६ सालको माध्यमिक शिक्षा परीक्षा र प्लस टु उत्तिर्ण गर्न सफल विद्यार्थीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा कार्यक्रम गरी सम्मान गरेको हो ।

विद्यार्थीहरुलाई सम्मान गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै खाले परिवर्तन र अग्र मोर्चामा विद्यार्थी नै हुने गरेको स्मरण गर्दै बढ्दै गएको बेथिती र अराजकता विरुद्ध आवाज बुलन्द गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुलाई भविष्यको सही निर्णय लिनका लागि सहयोग होस् भन्ने हेतुले विषयगत परामर्श प्रदान गरिएको थियो ।
जस अन्तर्गत कानुन तर्फ डाक्टर कृष्ण बस्याल, विज्ञान तर्फ सह प्रध्यापक डाक्टर सुरेन्द्र श्रेष्ठ र व्यवस्थापन तर्फ वि.एन. घर्तिले परामर्श दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.