Explore the Radio Palpa in shortly.

भारतको स्वतन्त्रता दिवसमा कालीगण्डकी फाउण्डेशन नेपाललाई एम्बुलेन्स

0

काठमाडौं,
काठमाडौं स्थित भारतीय राजदूतावासले गैरनाफा मुलक संस्था कालीगण्डकी फाउण्डेशन नेपाललाई एम्बुलेन्स प्रदान गरेको छ । भारतको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा पाल्पाको रामपुरमा स्थापना भएको फाउण्डेशन संगै अस्पताल, गैरनाफा मूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो ।
दुतावासमा आयोजित एक समारोहका विच नेपालका लागी भारतका राजदूत मंजिव सिंह पुरीले संस्थाहरुलाई बस तथा एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नु भएको थियो । कालीगण्डकी फाउण्डेशन नेपालको तर्फ बाट सचिव सीता देवि डोटेलले साँचो ग्रहण गर्नु भएको हो । कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले दुतावास बाट प्राप्त एम्बुलेन्स, सञ्चालन कार्यविधी निर्माण गरी कालीगण्डकी बेशी क्षेत्रको जनतालाई स्वास्थ्य संस्था सम्मको पहुँचलाई सरल र सहज बनाउन सञ्चालन गरिने बताउनु भयो । उहाँले विशुद्ध जनताको हितको लागि एम्बुलेन्स सेवा प्रदान गरिने जानकारी दिनुभयो ।
सोही अवसरमा राजदूत पुरीले ३ वीर नारी, ५ एकल महिला, ६ मृत सैनिकका निकटतम नातेदारलाई नेपाली ५.३१ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गर्नभएको थियो । साथै राजदूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक उपहार स्वरुप प्रदान गरेको छ । यसले भारत सरकार र नेपालको सामाजिक–साँस्कृतिक विकास तर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको छ ।
भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७ सय ५२ ओटा एम्बुलेन्स र १ सय ४८ ओटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.