Explore the Radio Palpa in shortly.

सकियो चलचित्र “भोर” को छायाङ्कन

0


अर्थ नेपाल संवाददाता
काठमाडौं /कथाकार कृष्ण धारावासीको सामाजिक सन्देशमूलक कथामा अधारित सिनेमा “भोर” को छायाङ्कन सकिएको छ ।
जनकपुरको मिथिला नाट्यकला परिषदमा निर्माण पक्षले पत्रकार सम्मेलन आयोजना गरी अन्तिम छायाङ्कन सकिएको जनाएको हो । चलचित्रले दाईजोप्रथाको विकृतिले समाजमा पारेको असरबारे चित्रण गरेको चलचित्रका निर्देशक यादव भट्राईले जानकारी दिए । चलचित्रको कार्यकारी निर्मातामा पोखरेली व्यवसायी देवेन्द्र प्रसाद सुवेदी रहेका छन् भने राज तिमिल्सिना र रामगोपाल थापा यसका निर्माता हुन् । मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा निर्देशक यादव भट्टराईले नै पटकथा तथा संबाद लेखेका छन् । दिपक बज्राचार्यको छायाङ्कन रहेको चलचित्रलाई उज्वल ढकालले सम्पादन गर्दैछन् । चलचित्रमा धिरेन्द्रकुमार शाह र किरण रमौलीमगर निर्माण सहयोगीको रुपमा छन् ।
यसअघि सतिप्रथामा आधारित ऐतिहासिक चलचित्र झोला निर्देशन गरी सर्वाधिक चर्चा कमाएका निर्देशक यादव भट्टराईको निर्देशनमा तयार हुन लागेको यो चलचित्रले पनि नेपाली समाजको वास्तविक अवस्था देखाउने निर्माण पक्षको विश्वास छ । चलचित्रको प्रर्दशन मिति भने तय भईसकेको छैन् ।

Leave A Reply

Your email address will not be published.