Explore the Radio Palpa in shortly.

चितवन घटनाको वास्तविकता छानविनकाे माग राख्दै युवाहरुले निकाले र्याली

0

पाल्पा (रामपुर) चितवन घटनाको वास्तविकता छानविन गर्न माग गर्दै पाल्पाको रामपुरमा र्याली निकालिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोपमा चर्चित पत्रकार रवि लामिछाने पक्राउ परे संगै देशका ठाउँ ठाउँमा प्रदर्शन भैरहेको समयमा रामपुरमा पनि युवाहरुले स्वत : स्फूर्त र्याली निकालेका हुन् ।

सामाजिक सञ्जालको सूचनाको आधारमा साँझ ५ बजे बेझाँड चोकमा जम्मा भएका युवा तथा महिला लगाएतका स्थानियहरुले र्याली सहित बजार परिक्रममा गरेका थिए । पत्रकार लामिछाने र पुडासैनीको तस्वीर राखिएको व्यानर सहित नेपालको झण्डा बोकेर युवाहरु र्यालीमा सहभागी भएका थिए । बेझाँड बजार चोक बाट निस्किएको र्याली स्कुलरोड, इलाका प्रहरी कार्यालय, बाङ्गे पसल रोड हुँदै बेझाँड बजारमा आएर टुङ्गीएको थियो ।

तस्वीर :- जिवन तिवारी

राष्ट्र र राष्ट्रियता प्राण भन्दा प्यारो छ, एउटा आवाज न्याएका लागि, मेरो देशमा न्याय नहराओस्, चितवन घटनाको वास्तविक छानविन गर, दोषीलाई कारवाहि गर, निर्दोषलाई रिहा गर, लगाएतका नारा लगाउँदै स्थानिय युवा महिला, बालबालिका तथा बुद्धिजिवीहरुले सहभागीता जनाएका थिए ।

तस्वीर :- जिवन तिवारी
तस्वीर :- जिवन तिवारी

Leave A Reply

Your email address will not be published.