Explore the Radio Palpa in shortly.

संर्घषको मिठो फल

0

राजेन्द्र बहादुर लामा
अध्यक्ष
युनिभर्सल डेन्टल हस्पिटल

राजधानीबाट नजिक भएर पनि भौगोलिक रुपमा विकट रहेको काभ्रे जिल्लाबाट आज भन्दा करिब दुई दशक अगाडी सपनाको झोला बोकेर काठमाडौंमा प्रवेश गरेका राजेन्द्रबहादुर लामाको जीवनमा धेरै उताव चढावहरु आए । त्यसलाई पार गर्दै उनी आफ्ना सपनाहरु पुरा गर्ने अभियानमा सक्रिय भए । सामान्य परिवारमा जन्मेका लामा सानैदेखी मेडिकल क्षेत्रमा काम गर्छु भन्ने सोच राखेर अघि बढेका थिए । शान्त र सोझो स्वभावका उनी २०४९ सालमा एसएलसी दिएर काठमाडौं आएपछि अमृत साइन्स क्याम्पसमा भर्ना भए तर त्यसलाई निरन्तरता नदिई डेन्टलको क्षेत्रमा प्रवेश गरे । त्यो बेला नेपालमा डेन्टल सम्बन्धी अध्ययन सुरु मात्र भएको थियो । उनले त्यो बेलासम्म डेन्टलमा काम गर्ने साथीहरुको संगतमा डेन्टल क्लिनीकमा काम सुरु गरिसकेका थिए । त्यहि भएर उनमा प्राविधिक शिक्षा अध्ययन गर्ने सोच आएर उनी डेन्टल अध्ययनमा लागेको बताउँछन् । २०५८ सालमा उनले साथीहरुको सहयोगमा दाँत बनाउने सिप सिकेका थिए । त्यसपछि बांगेमुडामा उनले क्लिनिक सञ्चालन गरे । सम्पूर्ण स्वास्थ्य सम्बन्धी काम गर्ने सोच भए पनि विभिन्न कारणले डेन्टलको क्षेत्रमा प्रवेश गरेको उनको भनाई छ । अहिले पनि त्यहाँ क्लिनिक सञ्चालनमा छ ।

जीवन भनेको संघर्ष हो र आजको काम गरौं र भोलीको लागि नराखौं । जीन्दगी बढेको खोलो हो भन्ने उनको धारणा छ । जहाँ जे काम गरे पनि राम्रोसंग ग¥यो भने सफलता पाइने राजेन्द्र बताउँछन् । आजको स्थानमा आउनका लागि राजेन्द्रले धेरै संघर्ष गरे । तर आजको सफलतामा उनी खुशी छन् । कहिले काही पहिलाको कुरा स्मरण गर्दा रमाइलो लाग्ने लामा बताउँछन् । धैर्यता, मेहनत, निडरका साथ काम ग¥यो भने अवश्य पनि सफल भइन्छ भन्ने उनको मान्यता छ ।

नेपालमा ल्याव टेक्निसियनको उत्पादन गर्ने कुनै शैक्षिक संस्था थिएन । २०६२ सालमो टेक्नियन उत्पादन गर्नका तालिम केन्द्र सञ्चालन गरे । त्यो नेपालमा पहिला थियो । त्यहि बेलादेखी नै युनिर्भसल डेन्टल हस्पिटल सञ्चालनमा ल्याएका थिए । उनले भने– ‘जनशक्ति उत्पादन गरेर युवालाई रोजगारी दिने सोचका साथ तालिम केन्द्र सञ्चालन गरेको हुँ । जसबाट युवालाई रोजगारी हुनुका साथै सहज रुपमा जनताले सेवा पनि पाए ।’ सरकारले डेन्टलहरु मापदण्ड अनुसार सञ्चालन गरेको छ कि छैन् भनेर निगरानी राख्नु राजेन्द्रको भनाई छ । यो क्षेत्रमा आएका समस्या समाधान गर्न सरकार पक्ष जिम्मेवार हुनु पर्ने उनको तर्क छ । केहि फितलो कानुनको फाइदा उठाएर गलत काम गर्नेहरुलाई सरकारले कडाई गर्नु पर्ने उनी बताउँछन् । उपचारका साथमा जनचेतना जगाउनका निम्ती स्कुल, कलेज, क्लव तथा विभिन्न ठाउँहरुमा पनि काम गरिरेहका छन् । साथमा उनले निशुल्क रुपमा सामाजिक संस्थाको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । अहिले ३० जना भन्दा बढिलाई उनले रोजगारी दिँदै आएका छन् । राजेन्द्र आफ्नै मेहनत र परिश्रमले सफलता प्राप्त गर्दै आएका युवा हुन । पहिलेको भन्दा अहिले मानिसलाई दाँतको उपचार गर्नु पर्छ भन्ने सोचको विकास भएको उनले देखेका छन् । आर्थिक अभावको कारण पनि उपचार गर्न नआउने गरेको उनी बताउछन् । तर उनी आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई निशुल्क तथा कम शुल्कमा उपचार गराएको बताए ।
दाँतका सम्बन्धी सम्पूर्ण रुपमा युनिर्भसलमा उपचार हुने उनी बताउँछन् । युनिर्भसल डेन्टलले उपचारका लागि आवश्यक सम्बन्धी सम्पूर्ण उपकरणहरुका साथ जनताको सेवा गरिरहेको छ । जीवन भनेको संघर्ष हो र आजको काम गरौं र भोलीको लागि नराखौं । जीन्दगी बढेको खोलो हो भन्ने उनको धारणा छ । जहाँ जे काम गरे पनि राम्रोसंग ग¥यो भने सफलता पाइने राजेन्द्र बताउँछन् । आजको स्थानमा आउनका लागि राजेन्द्रले धेरै संघर्ष गरे । तर आजको सफलतामा उनी खुशी छन् । कहिले काही पहिलाको कुरा स्मरण गर्दा रमाइलो लाग्ने लामा बताउँछन् । धैर्यता, मेहनत, निडरका साथ काम ग¥यो भने अवश्य पनि सफल भइन्छ भन्ने उनको मान्यता छ । अस्पतालको सेवालाई विस्तार गर्दै गुणस्तरिय सेवामा कुनै सम्झौता नगर्नेमा उनी प्रतिबद्ध छन् । काभ्रेको कटुञ्ज गाविसममा बुबा चतुरमान लामा र आमा प्रेममायाको कान्छो पुत्रको रुपमा जन्मेका लामा डेन्टल क्षेत्रमा सम्भावना बोकेका युवा व्यवसायी हुन । नेपालमा नै केहि गर्नु पर्छ सोच भएका युवा हुन । राजेन्द्र धेरै युवाका लागि प्रेरणाका स्रोत हुन ।
बुबा आमा, तिन दाजुभाइ रहेका लामा हाल काठमाडौंमा श्रीमति र छोराछोरीका साथ खुशी जिवन बताइरहका छन् । परिवारको साथ र सहयोगले नै यो सफलता प्राप्त भएको लामा बताउँछन् ।

Leave A Reply

Your email address will not be published.