Explore the Radio Palpa in shortly.

रामपुर नगरपालिका द्वारा शुभकामना आदनप्रदान

0

पाल्पा (रामपुर) रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सकारात्मक सोचले मात्र विकास सम्भव हुने बताउनु भएको छ ।
जनप्रतिनिधी र कर्मचारी विच रामपुर नगरपालिकाले आयोजना गरेको विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदन प्रदान कार्यक्रम सम्पूर्ण नगरवासीमा शुभकामना व्यक्त गर्दै थापाले भौतिक पूर्वाधार मात्र विकास नभई सकारात्मक सोचको विकास गर्न सके मात्र विकास सम्भव हुने बताउनु भयो ।

उहाँले जनप्रतिनिधी र कर्मचारीहरुलाई जनताले भनेका कुरा सुन्नु आवश्य रहेको बताउनु भयो । जनताको कुरा सुनेमा मार्गनिर्देशन प्राप्त हुने बताउनु भयो । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले दशैँ हर्सोल्लासका साथ मनाईने पर्व भएकाले सभ्य र सुरिक्षत तरिकाले मनाउनुपर्ने भन्दै कुनै अप्रिय घटना हुँन नदिन सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकालले सबैले उल्लासका साथ क्षमता अनुसार चाड पर्व मनाउन अनुरोध गर्दै भातृत्वको भावना विकास गर्दै अघि बढ्न अनुरोध गर्नुभयो । कार्यक्रममा रामपुर ८ का वडा वडा अध्यक्ष बोम बहादुर नामजाली, वडा नं. ७ का वडा अध्यक्ष तिर्थ प्रसादपंगेनी, रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्ल, वडा नं. ३ का वडा अध्यक्ष दिनेश कुमार खनाल, वडा नं. २ का वडा अध्यक्ष तारा बहादुर थापा, वडा नं. १ का वडा अध्यक्ष मित्रलाल कंडेल, न्यायिक समितिका सदस्य विष्णु प्रसाद बस्याल लगाएत कार्यपालिका सदस्य, कर्मचारीहरुले शुभकामना व्यक्त गरेका थिए ।
रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको उद्देश्य बारे रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका कार्यालय सहायक सुन्दरी बस्टाकोटीले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.