Explore the Radio Palpa in shortly.

तेस्रो युथ युनियन कपको उपाधी आयोजकलाई

0


इमान सिं राना
पाल्पा (रामपुर) रामपुर ५ मटेरी ठूलोटारमा भएको तेस्रो युथ युनियन कप २०७६ अन्तर्गत खुल्ला फुटबल प्रतियोगिताको उपाधी आयोजक युथ युनियन मटेरीले हात पारेको छ ।
आईतबार भएको फाईनल खेलमा वि नाईन व्वाईज रामपुर ६ विजयपुरलाई ४/० गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । फाईनल खेलको पहिलो हाफमा लगातार २/२ गोल गर्दै युथ युनियन मटेरीले उपाधी जित्न सफल भएको हो ।


पहिलो हाफमा युथ युनियनका शितल उच्चै र जनम लिगलले गोल गरेका थिए । दोस्रो हाफमा क्षितिज जिटी र पुन : जनम लिगलले गोल गरेको हो । यस संगै वि नाईन व्वाईज विजयपुर उपविजेतामा सिमित भएको छ । विजयी समुहले क्रमश नगद ५० हजार र ३० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ । प्रतियोगितामा म्यान अफ दि म्याच युथ युनियन मटेरीका जनम लिगल घोषित भए । त्यस्तै वेष्ट प्लेयर युथ युनियन मटेरीका शिलत उच्चै, वेष्ट डिफेन्सर युथ मटेरीका केशबराज श्रेष्ठ, हाई स्कोरर युथ युनियन मटेरीका क्षितिज जिटी, वेष्ट किप्पर वि नाईन व्वाईज विजयपुरका विशाल चौवे, अप ग्रोईङ्ग प्लेयर युथ युनियन मटेरीका जीवन राई मगर र फेयर प्ले टिम अवार्ड चापाकोट युनाईटेड भएको छ ।
‘विकृति विसंगती उन्मुलन समाज सबैको चाहाना, शान्ति, समृद्धि समाजसेवा युवाको निस्वर्थ भावना’ भन्ने नाराका साथ विजय दशमीको अवसरमा युथ युनियन मटेरीको आयोजनामा भएको प्रतियोगितामा १७ समुहको सहभागीता रहेको थियो । विजयी समुहलाई विविध सांस्कृतिक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको छ । युथ युनियन मटेरीका अध्यक्ष अमिर रानाको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथी रहनु भएको थियो । उहाँले पुरस्कार वितरण गर्दै रामपुर नगरमा खेलकुदको विकास गर्न पूर्वाधार निर्माणको लागी प्रयास भैरहेको बताउनुभयो । उहाँले मटेरी ठूलोटारलाई क्षेत्रियस्तरको खेल मैदानको रुपमा विकास गर्नका लागि गत वर्ष प्रदेश सरकारले रकम विनियोजन गरे पनि बजेटले काम अधुरो रहने भएकाले डिपिआर मात्र तयार गरिएको बताउनुभयो । उहाँले खेल मैदानको संरक्षणको लागि सबैले ध्यान दिनु अवश्यक रहेको बताउनुभयो ।


कार्यक्रममा रामपुर नगरपालिका–५ का वडा अध्यक्ष हिमाल मल्ल, रामपुर ४ का वडा अध्यक्ष एक बहादुर नेपाली, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, अन्तराष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँण, ग्लोबल पिसचैन एम्बेस्टर रहिम मियाँले बोल्दै क्लवले गरेको कार्यक्रमको प्रशंसा गर्दै स्थानिय स्तरको प्रतिभा उजागरको लागि बेलाबेलामा यस्ता प्रतियोगिता आवश्यक रहेको बताएका थिए । कार्यक्रमको अवसरमा श्रीकिस कला केन्द्र र डि एण्ड जि कला केन्द्रको बेजोड प्रस्तुति रहेको थियो ।
खेल संयोजक कमल रानाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सदस्य दिपेन्द्र भट्टराईले गर्नु भएको हो ।

 

Leave A Reply

Your email address will not be published.