Explore the Radio Palpa in shortly.

गोर्खा सैनिककाे तर्फ बाट कश्मीरमा वीरता प्रदर्शन गर्दागर्दै रामपुरका गमिलकाे निधन

0

नातिको बिहे गरेर मर्ने धोको थियोः ९६ वर्षीय हजुरबुवा

पाल्पा

कश्मीरमा मारिएका नेपाली गोर्खा सैनिक पाल्पाको रामपुर नगरपालिका–४ सदावर्तका गमिलकुमार श्रेष्ठ भएको खुलेको छ । पाकिस्तान र भारतीय सेनाको गोली हानाहानमा परेर गमिलसहित अर्का एक जना गोर्खा सैनिकको ३ कात्तिकमा मृत्यु भएको थियो ।

मृतक श्रेष्ठका ९६ वर्षीय हजुरबुवा धनप्रसाद श्रेष्ठले देखापढीसँग भने– “नातिको बिहे गरेर मर्ने धोको थियो, अधूरै रह्यो ।”

रामपुर नगरपालिका-४, सदावर्त, पाल्पाका गमिलकुमार २०७४ साउनमा भारतीय सेनाको गोर्खा राइफल्समा भर्ती भएका थिए ।

गत वैशाखमा १५ दिनको छुट्टीमा घर आएका उनले भर्ती हुन गरेको भाकल पूरा भएपछि पञ्चबलि पूजा गरी फर्किएका थिए ।

“पूजा र बिहे एकैपटक गर भनेको मानेन,” हजुरबा धनप्रसादले भने, “अर्को छुट्टीमा आउँदा विचार गर्छु भनेको थियो, अब कहिल्यै नआउने गरी गयो ।”

श्रेष्ठको परिवारमा हजुरबा धनबहादुर, बुवा रुद्रनारायण, आमा सीता, दाजु गणेश र भाउजू छन् ।

घटनापछि बुवा, आमा, दाजु–भाउजू र छिमेकी आज बिहानै भारततर्फ गएको उनका छिमेकी कृष्ण लम्सालले जानकारी दिए ।

१२ कक्षामा पढ्दापढ्दै भारतीय सेनामा भर्ती भएका गमिल निकै मिलनसार र सहयोगी रहेको उनका साथीहरू बताउँछन् ।

गमिल पाँच वर्ष अघि भारतीय सेनामा भर्ती भएका जेठा बुवाको छोरा दीपकको सहयोगमा भर्ती भएका थिए ।

http://www.dekhapadhi.com बाट साभार

Leave A Reply

Your email address will not be published.