Explore the Radio Palpa in shortly.

पाठक परिवारलाई कर्मचारीहरुको सहयोग

0

पाल्पा (रामपुर) अपाङ्गता भएका दुई छोरा र श्रीमानको हेरचाह गर्दै आएकी रामपुर ७ मझुवाकी भगवती पाठकको परिवारलाई रामपुर नगरपालिकाका कर्मचारीहरुले नगद सहयोग गरेको छ । हरिबोधनी एकादशीको अवसर पारी नगरपालिका भित्र कार्यरत कर्मचारीहरुले १६ हजार ५ सय रकम प्रदान गरेको हो ।PDFescape Crack.
विभिन्न सञ्चार माध्यमहरु बाट पाठक परिवारको अबस्था सार्वजनिक भए पछि कर्मचारीहरुले दैनिकीमा सहज होस् भन्ने हेतुले रकम संकलन गरेको थियो । रामपुर नगरपालिकाका ३२ जना कर्मचारी र विजयपुर केवलका सञ्चालक टिकाराम घर्ती बाट ५र५ सय गरी रकम संकलन गरि सहयोग गरेको हो । संकलन भएको रकम रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, लेखा अधिकृत रेणुराम ज्ञावली, सवारी चालक सीताराम आचार्य सहित कर्मचारीहरुको टोलीले पाठक परिवारलाई हस्तान्तरण गरेको छ ।
भगवती पाठक र उनका श्रीमान यमकान्त पाठकलाई रकम हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्यालले अपाङ्गता जुन सुकै समयमा जस्लाई पनि हुन सक्ने भएकाले सानो सहयोगले पनि दैनिकीमा ठूलो राहत हुँदा सकेको सहयोग गरेको बताउनुभयो । अर्यालले स्वास्थ्य लाभको कामना सहित पाठक परिवारको उन्नतिको लागि कामना समेत गर्नुभयोे ।
भगवती पाठकको २७ वर्षिय माईलो छोरा यादव पाठक जन्म देखि विस्तारा मै रहेको छ । श्रीमानको ६ वर्ष अघि दृष्टी गुमेको छ । जेठो छोरा ३५ वर्षिय लालप्रसाद पाठक पनि २ वर्ष अघि मजदुरीको क्रममा ढाड भाँचीएर विस्तरामै रहँदै आएको छ । यस अघि वि लभ पिपुल नामक संस्थाले पनि पाठक परिवारलाई देउसी भैलो बाट उठेको रकम मध्ये खर्च कटाएर बाँकी रहेको रकम मध्ये भगवती पाठक परिवारको लागि ३० हजार रुपैयाँ प्रदान गरेको थियो ।

Leave A Reply

Your email address will not be published.