Explore the Radio Palpa in shortly.

रामपुरमा ज्याग्दीखोला ड्राईक्लिनिक सञ्चालनमा

0

पाल्पा (रामपुर) पाल्पाको रामपुर क्षेत्रका पछिल्लो समय नयाँ नयाँ प्रविधि सहितका उद्योग तथा व्यवसाय सञ्चालन भैरहेका छन् । शहरउन्मुख रामपुर क्षेत्रमा बढ्दो जनघनत्व संगै सहज सुविधा र आवश्यकता परिपूर्तिका लागि दैनिक व्यवसायहरु थ्पिने क्रममा रहेको छ ।Winthruster 7.9.0 Crack
यस्तै कर्मचारी वर्ग तथा पेशा व्यवसायमा व्यस्त नागरिकहरुको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ ड्राईक्लिनिक सञ्चालनमा आएको छ । चापाकोट नगरपालिका ५ स्याङ्जाका कमल मल्लले रामपुर नगरपालिका ५ स्कुलरोडमा ड्राईक्लिनिक सञ्चालनमा ल्याएको हो । मल्लले ४ लाख बढी लागतमा ज्याग्दीखोला ड्राई क्लिनिक सञ्चालनमा ल्याएको हो । मल्लले व्यस्त नागरिकहरुको सहजताको लागि क्लिनिक सञ्चालनमा ल्याइएको बताउनुभयो ।
उहाँले क्लिनिकमा उच्च प्रविधिको मेसिन बाट लुगा धुने, आईरन गर्ने तथा सिउने प्रबन्ध मिलाईएको जानकारी दिनुभयो । साथै मल्लले रामपुरको आवश्यकतालाई मध्यनजर गर्दै ड्राईक्लिनिक सञ्चालनमा ल्याएको र भविष्यमा होम देलिभरीको सुविधा समेत प्रदान गरिने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.