Explore the Radio Palpa in shortly.

हुँगी स्वास्थ्य चौकीमा निशुल्क आँखा परिक्षण शिविर सम्पन्न

0

पाल्पा (रामपुर) रम्भा गाउँपालिका १ हुँगी स्वास्थ्य चौकीमा एक दिने निशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । रम्भा गाउँपालिको आयोजना र कालीगण्डकी आखाँ उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविर भएको हो ।
शिबिरमा ३ सय ३० जना बिरामीको आखाँ जाँच गरिएको छ । जस मध्ये २५ जनामा मोतियाबिन्दु र ६ जनामा मासु पलाएको बिरामी भेटिएका छन् । मोतियाबिन्दुको बिरामीको पुस २८ गते कालीगण्डकी आँखा उपचार केन्द्रमा हुने आप्रेशन सहितको शिविरमा उपचार हुनेछ । शिविरमा १ सय १५ जना बिरामीको आखा कमजोर भएका विरामीलाई चस्मा तथा औषधी प्रदान गरिएको थियो ।
बिरामीको आखाँ जाँच कालीगण्डकी आँखा उपचार केन्द्रका नेत्र सहायक अजय कुमार पालले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.