Explore the Radio Palpa in shortly.

अर्चले नारीभञ्ज्याङ्गका स्थानियहरु द्वारा अनुमती विना गाउँ प्रवेशमा रोक

0

दुर्गेश मल्ल
पाल्पा, निस्दी गाउँपालिका ६ अर्चले नारी भञ्ज्याङ्ग टोलका स्थानियहरुले अपरिचित तथा अन्य स्थान बाट आएका व्यक्तिहरुलाई अनुमती विना गाउँ प्रवेशमा रोक लगाएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण फैलन नदिन सरकारले लकडाउनको घोषणा गरे पनि मानिसहरुको आवतजावत नरोकिए पछि नाकाहरुमा ढाड संगै भाँजा हालेर प्रवेश निषेध गरेका हुन् । लेकाली युवा क्लबको सक्रियतामा स्थानियहरुले पूर्वखोलाको सिलुवा बाट अर्चले हुँदै मित्याल जोड्ने सडकको दुर्व तर्फ ढाड राखेका छन् । ४४ घरपरिवारको बसोबास रहेको नारी भञ्ज्याङ्ग भएर गाडी बाट ओहोरदोहोर गर्ने तथा विभिन्न बहानामा गाउँमा नयाँनयाँ मान्छे प्रवेश हुने गरेपछि टोलले गाउँलाई पूर्ण लकडाउन गरेको हो ।
लेकाली युवा क्लब सहसचिव प्रकाश रानाले विदेश बाट पछिल्लो समय गाउँफर्केका युवाहरु नभएको र आउन लागेकाहरुलाई पनि यस्तो बेलामा नआउन आग्रह गरे पनि अन्यत्र बाट आउने मानिसले जोखिम बढाएको भन्दै नाकाहरु बन्द गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नवलपरासी लगाएत विभिन्न स्थान बाट कहिले खसी खोज्ने त कहिले पाडा खोज्नेहरु आउने क्रम रोकिएन त्यसैले संक्रमण हुन नदिन यस्तो उपाय अपनाएका हौं ।’ रानाले थप्नुभयो, ‘शनिबार हामीले प्रवेश निषेध ग¥यौं । आईतबार पनि कोदोको रक्सी खोज्न भन्दै आएका थिए । अहिले हुँदैन भनेर फर्काइदियौं ।’
लेकाली युवा क्लबका अध्यक्ष अनिल रानाले अत्यावश्यक सवारीको लागि बाटो खुल्ला गर्ने गरिएको बताउनुभयो । रानाले भन्नुभयो, ‘अपरिचित मानिसहरुको आवतजावत बढ्यो । सधैं नाकामा कुरेर बस्न पनि नसकिने त्यसैले बरु ढाड राखेर छेकेका हौं ।’ उहाँले क्लबको सक्रियतामा कोरोना भाईरसको विरुद्ध सचेतना कार्यक्रम समेत गरिएको बताउनुभयो । कोरोना बाट बचौ र अरुलाई पनि बचाउ भन्ने उद्देश्यले प्रवेश निषेध गरिएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.