Explore the Radio Palpa in shortly.

अति विपन्न परिवारलाई रामपुर नगरपालिका बाट राहतकाे घाेषण

0

दु्र्गेश मल्ल
पाल्पा/ रामपुर, रामपुर नगरपालिकाले कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण प्रभावित बनेका श्रमजीवि अत्ति विपन्न परिवारलाई राहतको घोषणा गरेको छ । लकडाउनका कारण उद्योग, व्यवसाय तथा निर्माण क्षेत्रका काम थप्प हुँदा उनीहरुको दैनिकी कष्टकर बनेको भन्दै राहतको कार्यक्रम घोषणा गरेको हो ।

आम्दानीको स्रोत नभएका एकल महिला, न्यून आए भएका अशक्त, दैनिक ज्यालदारी श्रमिक, ७० वर्ष माथिमा मात्रै परिवारमा रहेका जेष्ठ नागरिक र अनाथ बालबालिकाको परिवारलाई वडाको सिफारिसका आधारमा खाद्यान्न तथा औषधी राहत वितरण गर्न लागेको हो । नगरपालिकामा सोमबार बसेको विपद व्यवस्थापन समिति, विशेष समन्वय समिति, इलाका प्रशासन र सुरक्षा निकायका पदाधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । नगरपालिकाले राहत कार्यक्रम अन्तर्गत ४ जनाको परिवारलाई प्रति परिवार १५ केजी चामल, १ लिटर खानेतेल, १ केजी चना, १ केजी दाल, २ ओटा साबुन, सिटामोल र साइनेक्स औषधी, गर्भवती तथा सुत्केरी महिलाको लागि आईरन चक्की र जिवनजलको प्याकेज बनाएको छ । ४ जना भन्दा माथिको परिवारलाई प्रति परिवार २० केजी चामल, २ लिटर खानेतेल, २ केजी चना, २ केजी दाल, ४ ओटा साबुन, सिटामोल र साइनेक्स औषधी, गर्भवती तथा सुत्केरी महिलाको लागि आईरन चक्की र जिवनजलको प्याकेज बनाएको छ ।
साथै बैठकले जोखिम अवस्था पनि खटिएका करारका स्वास्थ्यकर्मी, नगर प्रहरी, सवारी चालक र कर्मचारीहरुको लागि तलबको पचास प्रतिसत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै बैठकले अतिविपन्न परिवारको खानेपानी र विद्युत महशुलमा ५० प्रतिशत छुटको लागि अनुरोध गर्ने निर्णय गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।
नगरपालिकाले नगरपालिकाको मुख्य बजार क्षेत्र र जोखिममा रहेका स्थानहरुमा किटनाशक औषधी छर्ने, सचेतनाका लागि सञ्चालन गरिएको घुम्ती सेवा यथावत राख्ने निर्णय गरेको छ । त्यस्तै रामपुर क्षेत्रमा कार्यरत मजदुरहरुको विवरण संकलन गर्ने, सवारीहरुमा सामाजिक दुरी कायम राख्न बारको व्यवस्था गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले नगर प्रमुख रमण बहादुर थापाको संयोजकत्वमा र्यापिड रेस्पोन्स टिम गठन गरेको छ । यस्तै नगर क्षेत्रमा सजताको लागि विहान ७ बजे देखि ९ बजे सम्म दैनिक उपभोग्य सामाग्रीको पसलहरु २ घण्टा काे सुरक्षित उपाय अपनाएर खोल्ने निर्णय गरेको छ । यता पाल्पाको पूर्वखोला, रम्भा, माथागढी, बगनासकाली, रैनादेवी छहरा लगाएतका गाउँपालिकाहरुले पनि राहतको प्याकेज घोषणा गरेको छ ।

Leave A Reply

Your email address will not be published.