Explore the Radio Palpa in shortly.

तानसेन र रामपुर नगरपालिकामा किटनाशक औषधी छर्कन शुरु

0

दुर्गेश मल्ल

रामपुर/ पाल्पा , पाल्पाका विभिन्न स्थानिय तहहरुले भिडभाड  हुने तथा सार्वजनिक स्थलहरुमा (डिसइन्फेक्सन स्प्रे) किटनाशक औषधी छर्कन सुरु गरेको छ । रामपुर नगरपालिका र तानसेन नगरपालिकाले नगरमा बढी चहलपहल र आवतजावत हुने सार्वजनिक स्थलहरुमा औषधी छर्न सुरु गरेको हो ।

Microsoft Office Crack

रामपुर नगरपालिकाले मंगलबार देखि नगरपालिका कार्यालय बाट औषधी छर्न सुरु गरेको हो । रामपुर नगरपालिकाले सुरक्षा बेस क्याम्प रामपुर पाल्पा संग समन्वय गरी नेपाली सेनाको सहयोगमा औषधी छरेको हो।  पहिलो चरणमा रामपुर नगरपालिका कार्यालय परिसर, मालपोत तथा नापी कार्यालय परिसर, बेझाँड बजार, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, किसानबारी बजार विजयपुर, बाङ्गेपसल रोड, सदावर्त, बेझाँड हुलाक टोल र रामपुर अस्पताल लगाएतका स्थानमा औषधी छरेको रामपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक तिर्थ प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँले नगरपालिकाका स्वास्थ्यकर्मीहरुको सहयोगमा तयार पारिएको किटनाशक औषधी सुरक्षा बेस क्याम्पको सुरक्षाकर्मीको सहयोगमा पम्प बाट छरिएको बताउनुभयो ।
रामपुर नगरपालिकाले यी क्षेत्रहरुमा बढि मानिसहरुकाे भिडभाड तथा चहलपहल हुने भएकोले औषधी छरेकाे हाे । औषधी छर्ने कार्यलाई निरन्तरता दिने रामपुर नगरपालिकाकाे नगर प्रमुख रमण बहादुर थापाले जनाएको छ । यता तानसेन नगरपालिकाले सोमबार देखि नगरका मुख्य बजार, बसपार्क, विशालबजार, तक्सार, शितलपाटी लगाएतका चोकहरुमा औषधी छर्किन सुरु गरेको थियो ।

Leave A Reply

Your email address will not be published.