Explore the Radio Palpa in shortly.

रामपुरमा भएको छैटौ मेयर कप २०८० सम्पन्न ।

0

रामपुरमा भएको छैठौँ मेयरकप २०८० को रनिङ्ग शिल्ड उपाधी वडा नं. ४ ले हात पारेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट ९ अंक प्राप्त गर्दै वडा नं. ४ ले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको हो ।
रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा गत शुक्रबार देखि भएको मेयर कप सोमबार सम्पन्न भएको हो । मेयर कप अन्तर्गत फुटबल, पुरुष तथा महिला भलिबल , क्रिकेट, व्याडमिन्टन र मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको थियो ।
प्रतियोगिताको परिणाम तालिका
वडा स्तरीय फुटबल प्रतियोगिता
प्रथम- वडा नम्बर -७
दोस्रो -वडा नम्बर-४
तेस्रो-वडा नम्बर-९
बिधागत
बेस्ट गोल किपर- प्रोनिल हमाल,वडा नम्बर -७
बेस्ट डिफेन्स- संगम परियार ,वडा नम्बर -७
हाइ स्कोर -निश्चल मल्ल ,वडा नम्बर -४
राइजिङ्ग प्लेयर-रिजुल सोमै वडा नम्बर -७
बेस्ट प्लेयर-सौरव पराजुली क्षेत्री वडा नम्बर -७

वडा स्तरीय पुरुष भलिबल
प्रथम-वडा नम्बर -१०
दोस्रो-वडा नम्बर -१
तेस्रो- वडा नम्बर -३
बिधागत
बेस्ट सर्भर-सुदिप सिं ठकुरी,वडा नम्बर -१
बेस्ट डिफेन्सर- पुरन सारु ,वडा नम्बर -१०
बेस्ट सेटर- अमृत गाहा ,वडा नम्बर -३
बेस्ट ब्लकर-दिपेन्द्र आले,वडा नम्बर -१०
बेस्ट स्पाइकर- बिशिर नेपाली ,वडा नम्बर -१
बेस्ट प्लेयर-समन सिंजाली,वडा नम्बर -१०

महिला भलिबल
प्रथम-वडा नम्बर -६
दोस्रो-वडा नम्बर -४
तेस्रो- वडा नम्बर -१
बिधागत
बेस्ट सर्भर-रेखा मल्ल ,वडा नम्बर -१
बेस्ट डिफेन्सर- अन्सु नेपाली ,वडा नम्बर -४
बेस्ट सेटर- अस्मि घर्ति ,वडा नम्बर -६
बेस्ट स्पाइकर-अस्मिता थापा ,वडा नम्बर -६
बेस्ट प्लेयर-बिनिता राना,वडा नम्बर -४

क्रीकेट प्रतियोगिता
प्रथम-वडा नम्बर -८
दोस्रो-वडा नम्बर -५
तेस्रो- वडा नम्बर -३
बिधागत
बेस्ट वलर-यम बहादुर दमै,वडा नम्बर -८
बेस्ट ब्यटमेन- बिष्णु खड्का(जग्गु) ,वडा नम्बर -५
इमर्जिङ्ग प्लेयर- माधव अधिकारी ,वडा नम्बर -८
म्यान अफ द सिरिज -प्रदिप घर्ति,वडा नम्बर -८
बेस्ट कोच- सागर भुसाल ,वडा नम्बर -८

ब्याडमिन्टन प्रतियोगिता
प्रथम-वडा नम्बर -४(B टिम) वसन्त श्रेष्ठ र समीर राना
दोस्रो-वडा नम्बर – ४(A टिम) दान बहादुर राना र सन्तोष सारु
तेस्रो- वडा नम्बर -६(A टिम)टुक बा.राना र युवराज कुमाल

मा.बि स्तरीय बक्तृत्वकला प्रतियोगिता
प्रथम-मनिषा नेपाली,भु.पू शैनिक राइजिङ्ग इङलिस स्कुल
दोस्रो -बिबिशा घिमिरे,राम तुलसी मा.बि
तेस्रो – अब्दुल खालिद,आधारभुत मा.बि

कार्यक्रम समापन तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा रामपुर नगरपालिका वडा नं.६ बस्ने U-19 राष्ट्रिय महिला भलिबल खेलाडी अस्मिता घर्ती मगरलाई उपचारार्थ सहयोग गरेको छ । नगरपालिकाले खेलका क्रममा घाइते भएका अस्मिताको उपचारका लागि नगद ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

रामपुर ७ किसानबारी खेल मैदानमा भएको कार्यक्रम समापनका अवसरमा विभिन्न प्रतियोगतामा विजयी समुलाई पुरस्कार प्रदान गरेको छ । पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलले मानिसको स्वस्थ जिवन मात्र नभई राष्ट्र र समाजको पहिचानको लागि नि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले खेलकुदको विकासको लागि आवश्यक भौतिक संरचना निर्माण संगै खेलाडीको प्रशिक्षणमा समेत नगरले पहल गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेस रामपुर नगर समितिका सभापति नेत्र प्रसाद भट्टराई, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य कमलराज भट्टराई, कालीगण्डकी आँखा उपचार केन्द्रका अध्यक्ष भिम विश्व भट्टराईले आफनो भनाई राख्नु भएको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको अध्यक्षता र नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो । समापनको अवसरमा विधागत रुपमा उत्कृष्ट खेलाडी र विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मान प्रदान गरिएको थियो । रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका सचिव जमुना रानाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.